जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

✍️ दिपेश श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई केही दिनअघि मध्यरातमा महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर करिब १०–१२ घण्टापछि परिवारको जिम्मा लगाएको घटनाले नेपालको राज्यव्यवस्था, न्यायपालिका र प्रहरी प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले यसलाई ‘सुरक्षा चुनौती’ भन्दै सुरक्षित स्थानमा राखिएको दाबी गरेको छ। तर सुरक्षा खतरा के थियो, कसबाट थियो र घरमै सुरक्षा थप्न सकिने […]

पहिला म पछि लाएँ, अहिले उ पछि लाएकी छ !

जहाँ गयो त्यहिं, पछि-पछि आएकी छ पहिला म पछि लाएँ, अहिले उ पछि लाएकी छ ! बुढो भनेर बोलाउनेले त्यति सताएकी छैन जति बेबी भनेर बलाउनेले सताएकी छ !!   छाती चौडा गरेर बाहिर आउन सकेको छैन , चाँजो पाँजो,मेलो मेसो पाउन सकेको छैन ! श्रीमती रिसाउँदा गर्लफ्रेन्ड, गर्लफ्रेन्ड रिसाउँदा श्रीमती, राम्री लाग्ने भ्रम, हो […]

अख्तियारको प्रवक्तादेखि ललितपुरको प्रशासन प्रमुखसम्म : नरहरि घिमिरेको प्रशासनिक यात्रा

✍️ दिपेश श्रेष्ठ, काठमाडौं उपत्यकाको प्रशासनिक संरचनामा ललितपुर जिल्ला आफैंमा संवेदनशील र बहुआयामिक जिल्ला हो। ऐतिहासिक सम्पदा, तीव्र सहरीकरण, औद्योगिक क्षेत्र, खानी तथा प्राकृतिक स्रोत, सार्वजनिक जग्गा, ट्राफिक व्यवस्थापन, विपद् जोखिम र ठूलो जनघनत्वका कारण यहाँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सामान्य जिल्लाको प्रशासनिक नेतृत्वभन्दा फरक प्रकृतिको हुन्छ। यही जिम्मेवारी अहिले गुल्मीको धुर्कोट गाउँपालिका–७ स्थायी ठेगाना […]

इलेक्ट्रिकल इन्जिनियरदेखि ऊर्जामन्त्री र दलको नेतृत्वसम्म : कुलमान घिसिङको उतारचढावपूर्ण यात्रा

✍️ दिपेश श्रेष्ठ, कुलमान घिसिङको कथा एउटा इन्जिनियरको सामान्य जागिरे यात्राभन्दा फरक छ। २०२७ मंसिर १० गते रामेछापको तत्कालीन बेथान गाविसमा जन्मिएका घिसिङले गाउँकै विद्यालयबाट कक्षा ६ सम्मको अध्ययन गरेपछि २०३९ सालमा काठमाडौं आएर अमर आदर्श माध्यमिक विद्यालयमा अध्ययन अघि बढाए र २०४३ सालमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आईएस्सी पूरा गरी […]

बिनोद कुमार खड्का : प्रशासनको लामो यात्राबाट भक्तपुरको जिम्मेवारीसम्म

✍️ दिपेश श्रेष्ठ। भक्तपुरको प्रशासनिक नेतृत्वमा अहिले एउटा यस्तो नाम छ, जसको सरकारी सेवाको यात्रा एउटा जिल्लाको प्रमुख जिल्ला अधिकारीको कुर्सीबाट सुरु भएको होइन। विभिन्न तह र भूगोलमा जिम्मेवारी सम्हाल्दै राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव बनेका बिनोद कुमार खड्का अहिले काठमाडौँ उपत्यकाको महत्वपूर्ण जिल्ला भक्तपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्। खड्काको प्रशासनिक यात्रालाई बुझ्न उनको […]

श्रीमानकाे काजक्रिया गरेको ३९ दिनपछि फर्किए वीरबहादुर, अनि आफ्नै श्रीमान् सँग भयो पुनः विवाह

✍️ दिपेश श्रेष्ठ,  शसशस्त्र द्वन्द्वको चपेटामा रहेका बेला रीना तामाङ र वीरबहादुर तामाङ वैवाहिक जीवनमा बाँधिएका थिए। नेपाली सेनामा कार्यरत वीरबहादुरका लागि हरेकपटकको बिदाइ रीनाका लागि सामान्य क्षण थिएन। श्रीमान् सुरक्षाकर्मी भएकाले कतिबेला के हुन्छ भन्ने अनिश्चितता उनको मनमा सधैँ रहन्थ्यो। तर जीवन चलाउन र श्रीमान्को कर्तव्यलाई स्वीकार गर्नुबाहेक उनीसँग अर्को विकल्प थिएन। २०६२ सालको […]

वियोगान्त (कविता)

थकित यो जिन्दगी, बनाइदेऊ अब खरानी, न त बाँकी रहोस् कुनै चाहना, न त कसैको सम्झनाको कहानी। हिँड्दाहिँड्दै थाकिसकेँ, आफ्नै छायाँसँग हारिसकेँ, हाँसो ओठमै सजाएर पनि भित्रभित्रै हजारौँपटक मारिसकेँ।   जसलाई आफ्नो ठानेँ, उही पराइझैँ भयो, जसको हात समाएर हिँड्न खोजेँ, उही हात छुटाएर गयो।   रातहरू लामा हुँदै गए, निद्रा भने टाढिँदै गयो, आँखाभरि […]

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

मांसाहार र पशुहिंसाबारे बहस गर्दा मेरो धारणा स्पष्ट छ—अहिंसा, करुणा र मांसाहार नगर्ने जीवनशैली अपनाउनु प्रत्येक व्यक्तिको व्यक्तिगत, धार्मिक वा नैतिक छनोट हो। यस्तो छनोटको सम्मान हुनुपर्छ। तर आफूले मान्ने धार्मिक विश्वास वा जीवनपद्धतिलाई मात्र सही ठानेर अरूका आस्था, संस्कार, परम्परा र जीवनशैलीलाई गलत, निकृष्ट वा अस्वीकार्य ठहर गर्नु उचित हुँदैन। पशुमा पनि जीवन र […]

पद्मश्री साहित्य पुरस्कार–२०८२ : श्रवण मुकारुङको साहित्यिक यात्राको अर्को उचाइ

दिपेश श्रेष्ठ । नेपाली साहित्यका बहुआयामिक स्रष्टा श्रवण मुकारुङको उपन्यास ‘सलह’ ले पद्मश्री साहित्य पुरस्कार–२०८२ प्राप्त गर्ने भएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो। प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट ‘सलह’ छनोट भएको हो। काव्यिक भाषा, प्रतीकात्मकता, प्रकृति–चित्रण तथा सीमान्त […]

मिसनरीदेखि विपद् राहतसम्म : नेपाल र नेपालीसँग इसाई सेवाको सात दशक

दिपेश श्रेष्ठ । नेपालमा इसाई मिसनरीहरूको इतिहासलाई केवल धर्मप्रचारको दृष्टिले मात्र हेर्दा त्यसको एउटा महत्वपूर्ण सामाजिक पक्ष ओझेलमा पर्न सक्छ। आधुनिक नेपालमा विदेशी मिसनरीहरूको संगठित उपस्थिति विशेषतः १९५० को राजनीतिक परिवर्तनपछि स्वास्थ्य, शिक्षा, नर्सिङ, ग्रामीण विकास र सामाजिक सेवासँग जोडिँदै विस्तार भएको देखिन्छ। त्यसअघि नेपालमा आधुनिक शिक्षाको पहुँच अत्यन्त सीमित थियो—सरकारी अभिलेखअनुसार १९५१ अघि देशभर […]