विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौँ आएका थिए । प्रहरीका अनुसार गएराति विमानस्थलमा शौकत […]

आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। हिजो अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा थियो। युरोपियन युरोको भाउ पनि आज बढेको छ। आज युरो एकको खरिददर […]

भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग

अमेरिका । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीको राहत तथा पुनःस्थापनाका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर सहयोग गरेका छन् । सम्बन्धित संस्थाका प्रतिनिधिहरूले उक्त सहयोग रकम परराष्ट्रमन्त्री शिशिर खनाललाई छुट्टाछुट्टै चेकमार्फत हस्तान्तरण गरेका हुन् । सहयोग गर्ने संस्थामध्ये NH Nepali Samaj ले १ लाख २० हजार अमेरिकी […]

मन्त्री खनालद्वारा अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित ‘समूह(७७ र चीन’ को ५०औँ वार्षिक बैठकमा उनले यस्तो धारणा राखेका हुन् । मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता […]

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद मौज्दातमा कैफियत

काठमाडौं । नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार कारबाहीमा पर्ने संस्थाहरूमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय […]

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा […]

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३१ मिलियन डलर सहयोग घोषणा

काठमाडौं । नेपालमा बाढीबाट भएको क्षतिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ। न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्तामा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले उक्त सहयोग घोषणा गरेकी हुन्। भेटका क्रममा हुकरले बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन रहेका करिब […]

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

मेवालाल यादब। मधेश प्रदेशसँग जोडिएको भारतको बिहारस्थित औरंगाबाद जिल्लाबाट चोरीको घटनामा अनौठो मोड आएको छ। ओबरा थाना क्षेत्रको देवी नगरमा तीज पर्वको तयारी भइरहेका बेला एक घरबाट करिब २० लाख भारतीय रुपैयाँ मूल्यका सुन–चाँदीका गरगहना चोरी भएको दुई दिनमै चोरहरूले ती गहना घरको ढोकामै छाडेर फरार भएका छन्। सेप्टेम्बर १६ मा दिनदहाडै गरगहनाले भरिएको झोला […]

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको जनाएकाे हाे। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा कायम गरिएकाे छ। साथै युके पाउन्ड स्ट्रलिङ एकको […]

टंगालको भाटभटेनी आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा गरेपछि टंगाल स्टोर आज बिहान १० बजेदेखि ग्राहकका लागि खुला गरिएको हो। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरको पुनर्निर्माण सम्पन्न गरी नियमित सेवा सुरु गरिएको हो। जेनजी आन्दोलनका क्रममा […]