रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

गोरखा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गोरखाका ११ स्थानीय तहले ३ करोडभन्दा बढी रुपैयाँ सहयोग जुटाएका छन् । स्थानीय तहहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् । बाढीबाट गोरखाका गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका क्षेत्रसमेत […]
भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवासमा क्षति

त्रिशूली । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहका एक हजार ९५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवार बाढीबाट प्रभावित भएका हुन्। बाढीले कतिपय घर बगाउनुका साथै घरभित्र पानी तथा लेदो पस्दा बस्नै […]
भन्सार छलीका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले असोज २ गते उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुसन्धान तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरूले प्रयोग गर्दै आएका गोदाम […]
रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

गाईघाट, उदयपुर । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जिल्ला इसाई समाज उदयपुरले रु. ३ लाख ३२ हजार ९ सय ४७ रुपैयाँ ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। जिल्लामा रहेका विभिन्न चर्च तथा इसाई समुदायको सहकार्यमा कुल रु. ४ लाख ४३ हजार ९ सय ३० रुपैयाँ संकलन भएको […]
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्त

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ […]
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ […]
भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर बरामद

पर्सा । प्रहरीले भन्सार छलेर चोरीपैठारी गरी ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका स्कुटरहरू नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियमित गस्तीका क्रममा ती विद्युतीय स्कुटर फेला परेका थिए । आवश्यक कागजात […]
व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

भरतपुर । चितवनका उद्योगी तथा व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी विद्युतीय माध्यमबाट विवरण पेस गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले ई–फाइलिङसम्बन्धी तालिम आयोजना गरिएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जिआइजेड–आरएसआरएसडीको प्राविधिक सहयोग एवं विद्युत् व्यवसायी संघ चितवनको समन्वयमा तालिम सञ्चालन गरिएको हो । तालिममा उद्योगी व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि […]
सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो। पछिल्लो कारोबारको तुलनामा सुनको मूल्य बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनको मूल्यमा भएको यो वृद्धिसँगै नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्ताले अघिल्लो कारोबारको […]
दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म सरकारले उक्त रकम राजस्वका रूपमा उठाएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलन २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ। गत वर्ष भदौ मसान्तसम्म […]