Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2026
751 shares

भरतपुर । चितवनका उद्योगी तथा व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी विद्युतीय माध्यमबाट विवरण पेस गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले ई–फाइलिङसम्बन्धी तालिम आयोजना गरिएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जिआइजेड–आरएसआरएसडीको प्राविधिक सहयोग एवं विद्युत् व्यवसायी संघ चितवनको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा उद्योगी व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि करका आधारभूत सिद्धान्त, करसम्बन्धी कानुनी व्यवस्था तथा विद्युतीय माध्यमबाट समयमै कर विवरण पेस गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो । विशेषगरी कर विवरण अनलाइनमार्फत पेस गर्दा अपनाउनुपर्ने प्रक्रिया, आवश्यक सावधानी तथा करसम्बन्धी व्यवस्थाका विषयमा सहभागीलाई व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्रविधिको तीव्र विकाससँगै निजी क्षेत्रले पनि आफ्ना परम्परागत कार्यशैलीलाई समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले करसम्बन्धी कानुनी दायरा पालना गर्नुका साथै प्रविधिको प्रयोगमार्फत व्यवसायलाई थप व्यवस्थित र स्मार्ट बनाउनुपर्ने बताए । करसम्बन्धी सामान्य त्रुटिका कारण पनि व्यवसायीले जरिवाना तथा अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था रहेकाले यस्ता तालिमले व्यवसायीलाई सहज बनाउने उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्यविक्रम खड्काले नेपालको कर प्रशासन क्रमशः डिजिटल र प्रविधिमैत्री बन्दै गएको बताए । करदाता र कर प्रशासनबीचको सम्बन्धलाई थप पारदर्शी र विश्वासिलो बनाउन इलेक्ट्रोनिक फाइलिङ प्रणालीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उनले करसम्बन्धी नीति तथा नियमको पर्याप्त जानकारी नहुँदा र समयमै विवरण पेस नगर्दा कतिपय व्यवसायी अनावश्यक जरिवाना तथा प्रशासनिक झन्झटमा पर्ने गरेको बताए ।

चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले प्रतिस्पर्धात्मक बजारमा व्यवसायीका लागि कर नीति र डिजिटल प्रणालीसम्बन्धी ज्ञान आवश्यक भइसकेको बताए । राज्यको कर नीति, नयाँ बजेटका व्यवस्था तथा ई–फाइलिङलगायत प्रविधिसम्बन्धी विषयमा व्यवसायीलाई निरन्तर सचेत बनाउनुपर्नेमा उनले जोड दिए । संघले व्यवसायीका समस्या समाधानका लागि पहल गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री कार्यशैली विकासमा समेत निरन्तर काम गर्दै आएको उनले बताए ।

त्यस्तै, विद्युत् व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले विद्युत् व्यवसायीलाई प्रविधिको पहुँचमा ल्याउन तालिम उपयोगी भएको बताए । लेखा तथा करसम्बन्धी काममा व्यवसायीहरू अरूमाथि निर्भर हुनुपर्ने अवस्थालाई कम गर्दै आफ्ना व्यावसायिक हिसाबकिताब व्यवस्थित र पारदर्शी बनाउन तालिमले सहयोग पुग्ने उनको विश्वास थियो ।

चितवन उद्योग वाणिज्य संघका राजस्व सल्लाहकार सिए विमान कार्कीले प्रशिक्षण दिएको तालिममा चितवनमा विद्युतीय सामग्रीको कारोबार गर्दै आएका करिब एक सय व्यवसायीको सहभागिता रहेको थियो । तालिममार्फत सहभागीलाई कर विवरण तयार गर्ने, विद्युतीय माध्यमबाट पेस गर्ने तथा करसम्बन्धी प्रक्रियामा देखिन सक्ने समस्याबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक नीलबहादुर केसी, कार्यसमिति सदस्य नवराज सुवेदी, अशोकप्रसाद लामिछाने, श्रीकृष्ण लम्साल, सूचना प्रविधि अधिकृत विनायक लम्साल, नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा, पूर्वअध्यक्ष तेजनारायण खरेल तथा विद्युत् व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष वामदेव शर्मा घिमिरेलगायत पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved