राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सीमित गर्ने प्रस्ताव पारित

काठमाडौँ । अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि बुधबार भएको छलफलपछि समितिले यस्तो व्यवस्था पारित गरेको हो। कार्यसम्पादनका आधारमा उनीहरूलाई थप दुई वर्षका लागि पुनः नियुक्त गर्न सकिने […]

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी उद्घाटन गर्दै

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्ने भएका छन्। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको उद्घाटन बिहान १०ः३० बजे सभामुख […]

‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि खुला भएको छ। मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये बीज पुँजीबापत २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका लागि र १ करोड […]

आर्थिक सहकार्य विस्तारका लागि अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

काठमाडौँ । नेपाल र भारतबीच आर्थिक सहकार्यका नयाँ सम्भावना पहिल्याउने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै व्यापार, लगानी, औद्योगिक सहकार्य र विकास अर्थनीतिका विषयमा छलफल हुने भएको छ। भ्रमणको पहिलो दिन बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई […]

कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न सभाले विभिन्न वित्तीय तथा संस्थागत प्रस्तावहरू पारित गरेको छ। सभाले बैंकका अग्राधिकार सेयरधनीहरूका लागि अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि आनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश वितरण […]

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख सहयोग घोषणा

काठमाडौं । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंक लिमिटेडले कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले संस्थागत तथा कर्मचारीहरूको सहभागितामा उक्त सहयोग गर्ने जनाएको हो। बैंकका अनुसार कर्मचारीहरूको तर्फबाट एक दिनको तलब […]

उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ । गत १४ भदौमा कृष्णभिरमा पहिरो गएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी भएको थियो । वैकल्पिक मार्गबाट ढुवानी भएको ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसामा बढाइएको थियो । तर, आजदेखि कृष्णभिरमा नयाँ  ट्र्या खोली राजमार्ग सञ्चालमा […]

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्री उद्धार कोषमा ६२ लाखभन्दा बढी सहयोग

सुनसरी । ‘मस्जिदबाट राहत सहयोग अभियान’ अन्तर्गत सुनसरी मुस्लिम समाजले बाढी–पहिरो प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ६२ लाख ४५ हजार ४९ रुपैयाँ सहयोग गरेको छ। समाजले आज उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको हो। त्यस्तै, कतारमा कार्यरत सुनसरी मुस्लिम समाज कतारले पनि बाढी–पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ। […]

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्डली, दमामबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रको जनजीवन तहसनहस बनेको छ। बाढीपहिरोले घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउँदा सयौँ परिवार विस्थापित भएका छन् भने कतिपय परिवार आफन्त गुमाएर शोकमा छन्। यस विपद्को घडीमा बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट […]

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख माननीय रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गर्नुभएको छ। उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिनुभएको हो। बाढीबाट प्रभावित नागरिकको […]