Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

टंगालको भाटभटेनी आजदेखि पुनः सञ्चालनमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2026
951 shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा गरेपछि टंगाल स्टोर आज बिहान १० बजेदेखि ग्राहकका लागि खुला गरिएको हो। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरको पुनर्निर्माण सम्पन्न गरी नियमित सेवा सुरु गरिएको हो।

जेनजी आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो। तीमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। अब दमक र हेटौंडास्थित स्टोर सञ्चालनमा आउन बाँकी छन्। कम्पनीका अनुसार दुवै स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले पुनर्निर्माणको कामलाई निरन्तरता दिएको बताएका छन्। उनले कठिन परिस्थितिमा स्टोर पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै भनेका छन्, ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौं। हामी एउटा निष्कर्षमा पुग्यौं– खरानीबाट फेरि उठ्नेछौं।’

आन्दोलनबाट ठूलो भौतिक क्षति भए पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ। कठिन परिस्थितिमा समेत कर्मचारीलाई सेवाबाट अलग नगरिएको र गत वर्षको दसैं बोनससमेत कटौती नगरी रोजगारीलाई निरन्तरता दिइएको गुरुङले बताएका छन्। पुनर्निर्माणका क्रममा चौबीसै घन्टा खटिएका कर्मचारी तथा सहयोगीप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ।

टंगाल स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकले नियमित रूपमा आवश्यक वस्तु तथा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। साथै, आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा सहज किनमेलको वातावरण उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ। पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, सहयोगी संस्था, शुभेच्छुक तथा प्रतिकूल परिस्थितिमा निरन्तर खटिएका कर्मचारीप्रति कम्पनीले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved