Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३१ मिलियन डलर सहयोग घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 23, 2026
987 shares

काठमाडौं । नेपालमा बाढीबाट भएको क्षतिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ। न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्तामा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले उक्त सहयोग घोषणा गरेकी हुन्।

भेटका क्रममा हुकरले बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समेत सहानुभूति प्रकट गरेकी थिइन्। अमेरिकी पक्षले नेपालमा बाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारसँग निरन्तर समन्वय गर्ने जनाएको छ।

घोषित सहयोगमध्ये १० मिलियन डलर यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क विस्तारमा खर्च गरिनेछ। यसअन्तर्गत अमेरिकी कम्पनीबाट स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न सकिने पुल खरिद गरी बाढीबाट क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा उपलब्ध गराउने योजना रहेको छ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, संरक्षण, जीविकोपार्जन तथा हिउँदका आवश्यकतामा थप ८ मिलियन डलर खर्च गरिनेछ। विपद् व्यवस्थापन तथा बाढीपछिको प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन थप १३ मिलियन डलर खर्च गर्ने योजना पनि अमेरिकी पक्षले सार्वजनिक गरेको छ।

नयाँ सहयोग घोषणासँगै नेपालमा बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ। अमेरिकाले नेपाल सरकारसँगको समन्वयमा आवश्यकताको पहिचान गर्दै आगामी दिनमा पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved