जहाँ गयो त्यहिं, पछि-पछि आएकी छ
पहिला म पछि लाएँ, अहिले उ पछि लाएकी छ !
बुढो भनेर बोलाउनेले त्यति सताएकी छैन
जति बेबी भनेर बलाउनेले सताएकी छ !!
छाती चौडा गरेर बाहिर आउन सकेको छैन ,
चाँजो पाँजो,मेलो मेसो पाउन सकेको छैन !
श्रीमती रिसाउँदा गर्लफ्रेन्ड, गर्लफ्रेन्ड रिसाउँदा श्रीमती,
राम्री लाग्ने भ्रम, हो कि यथार्थ छुट्याउन सकेको छैन !!
पहिला जिस्काउँथे, त्यसको मन त जाग्न थाल्यो
अहिले फेरि होच्याउछन्, फलानो त भाग्न थाल्यो !
उमेरले उमेर नै खोज्दोरहेछ मान्यवर,
पैंतीस वर्ष मुनिका त नाबालिक लाग्न थाल्यो !!
श्रीराम रानाभाट (पोखरा -हाल युएई )
