‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर मीना लामा

‘यसपटक तीजमा मन हाँसेको छैन।’ हेटौँडाकी मेयर मीना कुमारी लामाको यो भावनाले यस वर्षको हरितालिका तीजको एउटा फरक तस्वीर प्रस्तुत गर्छ। देश बाढीपहिरोजस्ता विपत्तिबाट गुज्रिरहेका बेला उनले तीजलाई सादा र सिँगाररहित रूपमा मनाउन आग्रह गरेकी छन्। बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सम्पर्कविहीनहरू सकुशल भेटिऊन् भन्ने कामनासमेत गरेकी छन्। जनप्रतिनिधिको हैसियतमा उत्सवभन्दा नागरिकको पीडा […]
बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १२ मा मनाइन्छ। आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय अभियानले सन् २०२४ देखि २०२६ सम्म ‘Changing the Narrative on Suicide’ अर्थात् आत्महत्याबारेको हाम्रो सोच र संवादको शैली परिवर्तन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। यसको मूल सन्देश ‘Start the Conversation’ अर्थात् संवाद सुरु गरौँ भन्ने हो। आत्महत्यालाई केवल मृत्युको तथ्यांकका रूपमा […]
बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

आज बुवाको मुख हेर्ने दिन। यो केवल बुवालाई सम्झने, मिठाई खुवाउने वा उपहार दिने दिन मात्र होइन; बुवा र सन्तानबीचको प्रेम, सम्मान, जिम्मेवारी र कर्तव्यलाई आत्मसात् गर्ने विशेष अवसर पनि हो। जीवनको यात्रामा सन्तानका लागि बुवा केवल जन्म दिने व्यक्ति होइनन्, उनी सुरक्षा, अनुशासन, संघर्ष, मार्गदर्शन र प्रेरणाका आधार पनि हुन्। बुवाले सन्तानको भविष्य निर्माणका […]
जनताको जीवनमा परिवर्तन ल्याउनु नै राजनीतिको असली सफलता : कमल ढकाल

राजनीति पद, प्रतिष्ठा र सत्ता प्राप्तिको माध्यम मात्र होइन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी हो। जनताले आफ्ना दैनिक जीवनमा भोगिरहेका समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नसक्ने राजनीति जनताबाट क्रमशः टाढिँदै जान्छ। नेकपाका केन्द्रीय सदस्य कमल ढकालले सार्वजनिक रूपमा उठाउँदै आएको जनसरोकारको विषयले पनि राजनीतिलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकतालाई संकेत गर्छ। उहाँको पछिल्लो […]
नेपालमा चार धर्मको साझा इतिहास : दिपेश श्रेष्ठ

नेपाललाई बुझ्न केवल एउटा धर्मको इतिहास हेरेर पुग्दैन। नेपालको सभ्यता अनेक धार्मिक, जातीय, भाषिक र सांस्कृतिक धाराको लामो अन्तरसम्बन्धबाट बनेको हो। आजको २०२१ राष्ट्रिय जनगणनाअनुसार नेपालमा हिन्दु ८१.२ प्रतिशत, बौद्ध ८.२ प्रतिशत, मुस्लिम ५.१ प्रतिशत र ख्रीष्टियन १.८ प्रतिशत छन्। अर्थात् हिन्दु, बौद्ध, मुस्लिम र ख्रीष्टियन समुदाय मात्रले नेपालको कुल जनसंख्याको ९६.२ प्रतिशत हिस्सा ओगट्छन्। […]
बालेन सरकार : आलोचना, अपेक्षा र दुई वर्षको परीक्षामा : राजेश शिल्पकार

नेपालको राजनीतिमा पछिल्लो समय आएको परिवर्तनलाई केवल सत्ता परिवर्तनका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो लामो समयदेखि कायम राजनीतिक संस्कार, शासनशैली र राज्य सञ्चालनप्रतिको जनअसन्तुष्टिको अभिव्यक्ति पनि हो। फागुन २१ को निर्वाचनले परम्परागत राजनीतिक शक्तिको समीकरणलाई चुनौती दिँदै नयाँ शक्ति, नयाँ पुस्ता र नयाँ अनुहारलाई राज्यसत्ताको केन्द्रमा पुर्याएको छ। यही परिवर्तनको अपेक्षा र विश्वासका बीच बालेन […]
पत्रकारिता : जनताको आवाज कि स्वार्थको माध्यम ?

✍️दिपेश श्रेष्ठ — पत्रकारिता मेरो दृष्टिमा केवल समाचार लेख्ने, बोल्ने वा क्यामेराअगाडि उभिने पेशा होइन । यो जनताको आवाजलाई राज्य र सत्तासम्म पुर्याउने, सत्य–तथ्यको खोजी गर्ने र समाजमा भएका विकृति तथा विसङ्गतिविरुद्ध प्रश्न उठाउने जिम्मेवारी हो । तर पछिल्लो समय नेपाली पत्रकारिताको चरित्र र दिशामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । यहाँ जनताको आवाज उठाउने […]
मौलिक तीज गीत – चेलीको वेदना

उहिले हाम्रो पालामा, चारै बजे उठेर खाजा तयार पार्नुपर्थ्यो, मकै भुटेर ! बिहानै उठेर ,दैलो पोतो गरेर दुई भारी घाँस काट्नुपर्थ्यो बेसी झरेर !! बिहानै उठेदेखि नसुतुन्जेल रातिमा , तिरस्कारको पीडा हुन्थ्यो मेरो छातीमा ! रुखो बोली बोल्ने सासु बस्न पर्थ्यो खपेर , मेलापाता भ्याउनु पर्थ्यो सबलाई टपेर !! आधा घण्टा ढिला भए, […]
३२औँ विश्व आदिवासी जनजाति दिवस : पहिचानको उत्सव मात्र होइन, अधिकार र अस्तित्वको प्रश्न

दिपेश श्रेष्ठ । आज अगस्ट ९ अर्थात् ३२औँ विश्व आदिवासी जनजाति दिवस। नेपालमा यो दिवस केवल विभिन्न जातजातिका मौलिक पोसाक, भाषा, संस्कृति र परम्पराको प्रदर्शन गर्ने अवसर मात्र होइन; यो इतिहासमा लामो समयदेखि राज्यसत्ताको मूलधारबाट ओझेलमा पारिएका समुदायको पहिचान, अधिकार, सम्मान र समान सहभागिताको प्रश्न उठाउने महत्वपूर्ण दिन पनि हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ […]
गजल -स्वाभिमानले दिँदैन ।

तिमीलाई राजा बनाउन विधानले दिँदैन, तिमी प्रजा रहिरहन तिम्रो अडानले दिँदैन। पुग्न त माथि पुग्नुपर्ने मान्छे हौ साथी तिमी, तर तिम्रा भेडा बाख्राको बथानले दिँदैन। हुने नहुने बोलेर चर्चा बटुल्नका लागि, हामीलाई हाम्रो संस्कारको रुझानले दिँदैन । आमा त आशीर्वाद दिनुहुन्छ चिरिन्जीवी भएस् , चिरञ्जीवी हुनलाई मैले गर्ने धुम्रपानले दिँदैन । आफ्नै पाखुरामा […]