ऐतिहासिक भाजु पुखु : भक्तपुरको जल सभ्यता, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको जीवन्त प्रतीक

भक्तपुर बहुमुखी क्याम्पससँगै अवस्थित भाजु पुखु (भाज्या पुखु) भक्तपुरका प्राचीन जलाशयहरूमध्ये एक महत्वपूर्ण ऐतिहासिक पोखरी हो। स्थानीय नेवारी भाषामा “भाजु” को अर्थ बाजे वा पुर्खा भन्ने बुझिन्छ, जसका कारण यस पोखरीलाई पुर्खाहरूको स्मृति र धार्मिक आस्थासँग जोडेर हेर्ने गरिन्छ। इतिहासविद्हरूका अनुसार यो पोखरी लिच्छविकालको उत्तरार्द्धदेखि मध्यकालीन मल्ल युगको प्रारम्भिक चरणसम्म निर्माण भएको मानिन्छ। करिब पाँच […]

इतिहासको साक्षी रानीपोखरी : पुनर्जीवनसँगै उजागर हुँदै भक्तपुरको गौरव

दिपेश श्रेष्ठ,। भक्तपुर नगरपालिका–१, सल्लाघारीमा अवस्थित रानीपोखरी केवल एउटा जलाशय मात्र होइन, भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनसँग गाँसिएको एक महत्वपूर्ण सम्पदा हो। सयौं वर्षदेखि स्थानीय बस्तीको जीवनशैली, धार्मिक परम्परा र वातावरणीय सन्तुलनको अभिन्न अङ्गका रूपमा रहेको यो पोखरी समयको प्रवाहसँगै उपेक्षा, अतिक्रमण र संरक्षणको अभावका कारण अस्तित्व संकटमा पुगेको थियो। तर स्थानीय समुदायको निरन्तर […]

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका प्रश्न

✍️ दिपेश श्रेष्ठ । नेपालको प्रजातान्त्रिक आन्दोलनका महानायक, जननिर्वाचित पहिलो प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वैचारिक आधारस्तम्भ विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक स्वतन्त्रताका पक्षमा जीवनभर अडिग रहनुभएका बीपीले जेल, निर्वासन र राजनीतिक दमनका बीच पनि आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता गर्नुभएन। उहाँले अघि सारेको राष्ट्रिय […]

“यथार्थको ऐना” – गजल

जहाँबाट फाइदा हुन्छ, त्यहिं दान गरिन्छ ! आउने जाने सबै ठाउँ पहिचान गरिन्छ !! यो पैसावाला हो भन्ने बुझिसकेपछि ! उसको खुबै गुणगान र बखान गरिन्छ !! इमान्दार मान्छे एउटा छेउमा बसेको हुन्छ ! तर बेइमानलाई रिजाउन तानातान गरिन्छ!! धनीलाई ज्यू हजुर गर्ने तपाईँ हामीहरू ! गरिबलाई भारी सभामा अपमान गरिन्छ !! भेदभावको खाडल हामी […]

“तिमीलाई पाएँ भने, यो ज्यानले, संसार नै बदल्छ ”

जब खोला उत्ताउलो हुन्छ, धार बदल्छ सन्तुलन नभएपछि मान्छे, विचार बदल्छ ।   के छ हो तिम्रो शरीरमा त्यस्तो, जादुटुना ?? तिमीलाई देख्दा मेरो शरीरले, आकार बदल्छ ।   किन हुन्छ यस्तो झन्झनाहट, अचम्म छ उता शरीरको सारङ्गीले समेत, तार बदल्छ ।   जहाँ छु त्यहाँ, मिठो मह उत्पादन भाको छैन पक्कै एकदिन यो रानो […]

धरानदेखि दार्चुलासम्म जोडिएको नेपाली मन “हर्क साम्पाङ”

दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल उद्घाटनपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले लेखेको यो सन्देश केवल एउटा फेसबुक स्टाटस होइन। यो एउटा नागरिकले अर्को नागरिकप्रति व्यक्त गरेको आत्मीयता हो। एउटा नेताले सत्ताको शक्ति होइन, सम्बन्धको शक्ति कति ठूलो हुन्छ भन्ने अनुभूति गराएको अभिव्यक्ति हो। नेपालको पूर्वी सहर धरानबाट हजारौँ किलोमिटर टाढाको सुदूरपश्चिम दार्चुलासम्म […]

“पतिलाई अति माया गर्ने मेरी श्रीमती”

  पतिलाई अति माया गर्ने मेरी श्रीमती, निन्द्रामा सिरानी भइदिन्छिन्, भोकमा बिर्यानी भइदिन्छिन्, अनि प्यासमा पानी भइदिन्छिन्।   बेलाबेलामा सोधिरहन्छिन्, “आरामै हुनुहुन्छ?” “काममा हुनुहुन्छ कि हजुर?” “घरमै हुनुहुन्छ?” पतिलाई अति माया गर्ने मेरी श्रीमती।   के भन्नु, उनी कति जाति छिन्, एक्लोपनमा साथी छिन्, साँच्चै मायामा त उनी धेरै माथि छिन्।   कपडा मैलो हुन […]

नदी किनारका सुकुम्बासी बस्ती हटाउने निर्णय : राजनीति होइन, जनजीवन जोगाउने साहस

दिपेश श्रेष्ठ  । नेपालमा हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुबानका खबरहरू दोहोरिने गर्छन्। विशेषगरी काठमाडौं उपत्यकाभित्रका बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी किनारमा बसोबास गर्दै आएका हजारौँ परिवार वर्षौंदेखि जोखिमपूर्ण अवस्थामै जीवन बिताउन बाध्य थिए। बाढी आउँदा घर बग्ने, सम्पत्ति नष्ट हुने र मानवीय क्षति हुने घटनाहरू नयाँ थिएनन्। तर समस्या समाधानको […]

नदिए हुन्छ -गजल

    गजल – नदिए हुन्छ। जरुरत भन्दा बढी त सम्मान नदिए हुन्छ !! मैले राम्रैसँग चिनेको छु सान नदिए हुन्छ !!   भयो यहाँ भन्दा बढी अल्मलिनु छैन मलाई !! आश्वासन र मुस्कान दुई थान नदिए हुन्छ !!   म तिम्रो आँखाबाटैनै लुटिएको हुँ कामिनी !! पेस्तोल थिएन भनेर बयान नदिए हुन्छ !!   […]

नेपाल–भारत सीमा विवाद : भावनाभन्दा तथ्य, आरोपभन्दा प्रमाण र समाधानतर्फको राष्ट्रिय दृष्टिकोण

✍️दिपेश श्रेष्ठ । नेपाल–भारत सीमा सम्बन्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक सम्बन्धसँग जोडिएको अत्यन्त संवेदनशील तथा जटिल विषय हो। यस्ता विषयमा हुने सार्वजनिक बहस तथ्य, इतिहास, कानुनी आधार र कूटनीतिक यथार्थमा आधारित हुनुपर्छ। सीमा सम्बन्धी प्रश्नलाई केवल भावनात्मक राष्ट्रवाद वा राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउँदा समाधानभन्दा विवाद बढ्ने सम्भावना रहन्छ। हाल प्रधानमन्त्री बालेन्द्र शाहले […]