Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवरात्रकाे आज तेस्राे दिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 9, 2021
60 shares

आज नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुक्ल तृतीया। घर-घरमा माता दुर्गाको तेस्रो शक्ति स्वरूप देवीको पूजाआजा गरिँदैछ।

देवी चन्द्रघण्टाको स्वरूप

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपिणी नवदुर्गा भवानीको उपासना गरिँदै छ । देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रख्यात हुनुहुन्छ ।

चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । उहाँको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएको हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी, वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

देवी चन्द्रघण्टाको घण्ट ध्वनि बाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेकोछ । शत्रु तथा दुष्टको दमन गर्नका निम्ति सदा सर्वदा तत्पर रहे पनि उहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ । उहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावका साथै वीरता, निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप उहाँका साधक पनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टा देवी का उपासक सिंह या बाघ जस्तै पराक्रमी तथा निर्भीक हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैगरि सद्गुण, पराक्रण तथा विनम्रताको विकास हुने र शरीरमा कान्ति र गुणको वृद्धि हुने पनि जनविश्वास रही आएको छ ।

आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत, विघ्न- बाधाहरू नाश हुनुका साथै देवी चन्द्रघण्टाका कृपाले भक्तका तीनै प्रकारका ताप;- आधिदैविक, आधिभौतिक र आध्यात्मिक सबै नष्ट गराई आफ्ना भक्तका दुःख कष्टको निवारण शीघ्र नै हुने विश्वास धर्मावलम्बीहरूको रहेको छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य र अलौकिक व्यवहारकै कारण सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टा देवीको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नाश हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ । उहाँको ध्यान गर्ने मंत्र ‘ॐ देवी चन्द्रघण्टायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नम: ‘ हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved