Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवालाई बिदागर्नोनै कांग्रेसमा सुधार गर्ने राम्रो उपाए हो – नेता रामचन्द्र पौडेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 7, 2021
96 shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकोे भविष्यका लागि शेरबहादुर देउवालाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् । कांग्रेस लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व परिवर्तन गर्न सक्षम रहेको उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, “सभापति देउवाको सचिवालयले पालिकाको नेतृत्वमा सभापति पक्षको बहुमत रहेको भनेर हिजो फेक न्यूज पठायो । मुलुकलाई थाहा छ, ठूला महानगरपालिकाको नेतृत्व हाम्रो पक्षका साथीहरुले जित्नुभएको छ, अधिकांश जिल्ला र क्षेत्रमा हाम्रै साथीहरु नेतृत्वमा आउनुभएको छ ।

महाधिवेशन प्रतिनिधि सर्वत्र हाम्रो पक्षबाटै चुनिएर आएका छन् । के सभापति पक्षले भोलि धाँधली गर्नका लागि आज धेरै मान्छे देखाएको हो ? यहाँ पछि भ्रष्टाचार गर्नका लागि पनि अहिले सम्पत्ति धेरै देखाउने गर्छन् । सभापति पक्ष विपरीत लहरले अत्तालिएर सहज ढंगले महाधिवेशन अघि बढेको छैन ।”

वरिष्ठ नेता पौडेलले देउवालाई सभापतिबाट हटाउन आफ्नो पक्ष दृढ निश्चयी भएको पनि बताए । उनले भने, “देउवाविरुद्ध जानका लागि हामीबीच कुनै विवाद हुन्न । हामी एउटै साझा उम्मेदवारी दिन्छौं । हामी देशलाई निकास दिन सक्ने, स्पष्ट दिशाबोध भएको र कांग्रेसको रुपान्तरण गर्न सक्ने अनि लोकतान्त्रिक र प्रगतिशील नेपाल बनाउने अठोट भएको नेतालाई रोज्छौं । यसमा सबै पुस्ता समावेश हुन्छ । हामी सामूहिक ढंगले चल्छौं । समय आएपछि एउटै उम्मेदवार घोषणा गर्छौं । यसमा ढुक्क भए हुन्छ ।”

आफ्नो पक्षको लडाइँ व्यक्तिभन्दा पनि विधि, पद्धति र अनुशासनमा नबस्ने प्रवृत्ति विरुद्ध रहेको उनले स्पष्ट पारे । उनले थपे, “समयमै काम गर्नुपर्छ भनेर हामीले साढे तीन वर्षअघिदेखि भन्दै आएका हौं । अहिले महाधिवेशनमा क्रियाशील सदस्यतामै दाँतमा ढुंगा लागेजस्तो भयो । समयमा कुनै पनि निर्णय नगर्दा र जोखना हेरेर बस्दाखेरि यस्तो भयो । त्यसैले कांग्रेस कार्यकर्ताको विश्वास वर्तमान नेतृत्वमा देखिँदैन । कुनै पनि हतकण्डा अपनाएर नेतृत्व कब्जा गर्ने दुष्चक्रमा पार्टी फसेको छ ।”

क्रियाशील सदस्यताबारे संस्थापन पक्षले धाँधली गरेको आरोप उनले लगाए । उनले थपे, “क्रियाशील सदस्यताबारे समितिले निर्णय गर्छ, पदाधिकारी बसेर रातारात झिक्ने, काट्ने, उल्टाउने, फाल्ने गरेर कार्यकर्तालाई सताउने काम भइरहेको छ । बारा, रौतहट, सप्तरी र सर्लाहीमा अहिले पनि विवाद छ । रौतहट, सर्लाहीका नेता कार्यकर्ता ८० दिनदेखि पार्टी कार्यालयको छिँडीमा अनशन बसिरहेका छन् । डडेलधुरामा तीन दिनपछि गर्ने भनेको चुनाव तीन घण्टाभित्र गराइएको छ । यस्तो बेइज्जती पारा के गरेको हो ? बुझ्नै गाह्रो छ ।”

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवा मौका चुकाउँदा चुकाउँदै आफै फसेको बताए । उनले भने, “प्रधानमन्त्री फस्नुभएको छ, गठबन्धन फसेको छ । प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्न हाम्रो तर्फबाट एक सेकेन्ड पनि रोकिँदैन । कुनै अवरोध छैन । खुरुखुरु मन्त्रीमण्डल विस्तार गरे हुन्छ । पार्टीभित्र अनुपात मिलाएर मन्त्री दिइनु न्यायोचित कुरा हो । तर प्रधानमन्त्री बलमिच्याइँ गर्दै हुनुहुन्छ । हाम्रो सरकार बनाउने हो र सहयोग लिन चाहनहुुन्छ भने ठीकै छ । लिनुहुन्न भने हामी कुनै अनुरक्त छैनौं ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved