Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अग्नि खरेल थिए इच्छाराजकाे कानुनि संरक्षक, खरेलकाे मासिक ५ लाख शुल्क

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 6, 2021
[webverse_shares]

काठमाडौं । पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले इच्छाराज तामाङलाई कानुनी संरक्षण दिएको पाइएको छ । सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्व एमाले सांसद इच्छाराज तामाङले अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेको खुलाशा भएको हो ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा महान्यायाधीवक्ता समेत रहेका खरेललाई तामाङले मासिक ५ लाख रुपैयाँ शुल्क बुझाउँदै आएको समेत अनुसन्धानमा देखिएको छ । सिभिल सहकारी स्रोतका अनुसार खरेलले केपी ओली नेतृत्वको सरकारमा महान्यायधिवक्ता रहँँदासम्म सिभिल सहकारीबाट मासिक ५ लाख रुपैयाँ बुझ्दै आएका थिए ।

‘अग्नी खरेलले मासिक रुपमा ५ लाख रुपैयाँ बुझ्दै आएको देखियो । उहाँले महान्यायाधीवक्ता पदमा रहँदा समेत कानुनी सल्लाहाकारको रुपमा शुल्क बुझ्दै आएको पाइएको छ,’ स्रोतले भन्यो ।

अनुसन्धान स्रोतका अनुसार खरेलको खातामा निरन्तर ५ वर्षसम्म मासिक ५ लाख रुपैयाँको दरले रकम गएको छ ।

 

 

खरेल र हाल सर्वोच्चकै न्यायाधीश रहेका हरिकृष्ण कार्की मिलेर पुतलीसडकमा एडभान्स ल एसोसिएट्स सञ्चालन गर्दै आएका थिए । तामाङले खरेललाई नियुक्त गरेर कानुनी संरक्षकको रुपमा मासिक लाखौँ बुझाउँदै आएको पाइएको हो । राजनीतिक रुपमा प्रधानमन्त्री केपी ओलीसँग नजिक रहेका तामाङले आफू ओलीको साढु भाई भएको बताउँदै आएका थिए ।

सोमबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सुन्धाराबाट ठगीमा समलग्न तामाङ र उनका मामा ससुरा केशवलाल श्रेष्ठसहित १ दर्जन अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउपछि मंगलबार सार्वजनिक प्रेस विज्ञप्ती अनुसार तामाङले सहकारीको अर्बौं रकम हिनामिना गरि विदेश समेत लुकाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

सिआइबीमा हालसम्म १ सय ३७ जना पीडितहरुले उजुरी गरिसकेका छन् । सिआइबीको अनुसन्धानबाट प्रारम्भीक रुपमा खुले अनुसार ७० करोड सतासी लाख १३ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । तामाङमाथि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ ।

 

खरेल भन्छन्,‘कुनै जमानामा थिएँ’

यस विषयमा प्रतिक्रिया लिन नेकपा एमालेका नेता पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधीवक्ता अग्नि खरेललाई सम्पर्क गर्दा उनले आफूले कानुनी सल्लाहा दिएको स्विकार गरे ।

‘म कुनै जमानामा कानुनी सल्लाहाकार थिएँ । मलाई लाग्छ ७÷८ वर्ष अगाडी हो । त्यसपछि मैले त्यसको मुद्दा पनि हेरेको छैन । कानुनी सल्लाहाकार पनि छैन,’ उनले भने ।

शुरुमा उनले कसरी थाहा पाउनुभो भन्दै जिज्ञासा राखेका थिए । तर, स्रोतको विषयमा भन्न नमिल्ने भनेपछि उनले कुरा मोडेका थिए ।

‘७१ भन्दा अगाडी जस्तो लाग्छ । मुद्दा लडेकै हो । मैले मात्रै होइन अरु साथीले पनि लडेका छन् । अधिकांश मुद्दा लडेकै हो । तर, अहिले महान्यायाधिवक्ता भन्दा पछाडी त हैन । कहाँबाट हुनु,’ प्रश्न गर्दै खरेलले भने,‘महान्यायधीवक्ता हुँदा कहाँबाट पैसा लिन्छ ? त्यो सुचना गलत हो । पहिला म थिएँ । सिभिल बैंक खोल्दा त्यतिबेला डकुमेन्ट नै तयार गरेको हो । कानुनी डकुमेन्ट नै मैले बनाएको हुँ । महान्यायाधीवक्ता हुँदा र कानुनमन्त्री हुँदा भयो भन्ने कुरा बेकारको कुरा हो ।’ दियाे पाेष्टबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved