Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश नम्बर–२ मा साईकल खरिद प्रकरण : (प्रमाणसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 6, 2021
93 shares
काठमाडौं। प्रदेश नम्बर २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको लागि गरेको साईकल खरिदमा भ्रष्टाचार गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । साईकल खरिद प्रक्रियामा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा हानेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएपछि नेपाली राजनीति नै तरंगित बनेको छ ।

तर, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारले भने साईकल खरिद प्रक्रियामा कुनै अनियमितता वा भ्रष्टाचार नगरेको बरु राजनीतिक रिसिईबी साँधेर यस्तो आरोप लगाईएको स्पष्टीकरण दिईसकेका छन् । उनले यो प्रकरणमा आफूहरु अख्तियारलाई छानबिनको लागि सघाउन पनि तयार रहेको उनको सार्वजनिक अभिव्यक्ति छ । तर, प्रोपोगाण्डा मच्चाउनको लागि छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा हानिएकोमा भने उनले आक्रोश पोख्दै आएका छन् ।
मुख्यमन्त्री राउतले छापा हानिएकै दिन पत्रकार सम्मेलन गरेर उक्त प्रकरणलाई राजनितीक षडयन्त्र गरि चरित्र हत्या गर्ने दुषित मनसायले फैलाइएका झुट्टा र भ्रामक अफवाहको संज्ञा दिएका थिए ।

प्रदेश नम्बर २ को सरकारले शिक्षा सुरक्षा र सशक्तिकणको माध्यामबाट प्रदेश २ मा जन्म लिएका छोरीहरुलाई सम्मानपुर्वक बाच्न पाउने संबैधानिक अधिकारलाई सुनिश्चित् गर्न प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान संचालन गरिरहेको छ । उक्त अभियानअन्तर्गत साईकल वितरण, छात्रबृत्ति बितरण र लोकसेवाको तयारी कक्षा संचालनलगायतका अन्य कार्यक्रमहरु संचालनमा आएका छन । सरकारको उक्त कार्यको प्रदेश नम्बर २ मा मात्रै नभएर सिंगो देशभिर नै प्रशंसा हुँदै आएको छ ।

सरकारले साईकल वितरण कार्यक्रमलाई निकै गम्भीरताका साथ अघि बढाएको थियो । जसअन्तर्गत जम्मा ३७ हजार २ सय ३८ थान साईकल खरिद गरिएकोमा ३३ हजार थान साईकल सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरुलाई बितरण गरिसकिएको प्रदेश नम्बर २ को सरकारले जनाएको छ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत साईकल खरिद गर्दा प्रचलित खरिद कानून पुर्ण रूपमा पालना गरी प्राबिधिकबाट तयार गरिएको स्पेशिफिकेशन र लागत अनुमानका आधारमा बिद्युतीय माध्यामबाट बोलपत्र आव्हान गरी प्राविधिक मुल्यांकन प्रतिबेदनबमोजिम न्यून मुल्यांकित र सारभुत रुपमा प्रभावकारी देखिएको बोलपत्र स्वीकृत गरी खरिद कार्य अगाडी बढाईएको समेत सरकारले स्पष्ट पारेको छ ।

खरिद गरिएको साईकलको मुल्य प्रचलित बजार मुल्यभन्दा कम रहेको समेत सरकारको दाबी छ । आ.व. २०७५/७६ मा प्रति साईकल रु. ७,१९७।०० को तुलनामा आ.व. २०७७/०७८ मा श्री ओम सत्य साई प्रा.ली. संग २०७७ मङसिरमा रु. ६,४४१।०० मा खरिद सम्झौता भई साईकल आपुर्ति भैसकेको पनि सरकारले जनाएको छ ।
खासमा साईकल खरिदमा मूल्य वृद्धि हुनुमा विभिन्न कारण रहेको समेत मुख्यमन्त्री कार्यालयले जनाएको छ । सामुदायिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत सबै छात्राहरुलाई साईकल बितरण गर्नुपर्ने अवस्था आएको हुँदा पछि थप १० हजार थान साईकल बिद्युतीय माध्यमबाट बोलपत्र आव्हान गरी स्यानो ईन्टरनेशनलसंग प्रति साईकल रु. ७,४७५।०० (मु.अ. करबाहेक) मा खरिद सम्झौता भएको जनाईएको छ । यसमा अगाडीको तुलनामा प्रति साईकल मुल्य केही बढेको देखिएतापनि स्वीकृत लागत अनुमानभित्र रहेको दाबी गरिएको छ ।

मूल्य बढ्नुमा प्राविधिक स्पेशिफिकेशनमा साईकलको नेट कुल तौल १९ के.जी. उल्लेख भएको, उत्पादक कम्पनीको ब्राण्ड अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने ब्यवस्था गरि स्पेसिफिकेशन स्तरीय बनाईएको तथा अन्तर्राष्ट्रिय बजारमा फलामको मुल्य ४० प्रतिशत भन्दा बढी बढेको एवं कोभिड–१९ का कारण कम्पनीहरुको लागत मुल्य समेत बढन गएकोले मुल्यमा फरक आएको जनाईएको छ ।

बोलपत्र आह्वान संघिय सरकार मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–पोर्टलमा गरिएको हुँदा यसमा बोलपत्रदाताहरुले बजारको अवस्था र सामानको उपलब्धता समेतका आधारमा खुला रुपमा मूल्य उल्लेख गर्ने भएकोले यसमा कार्यालयको कुनै प्रकारको संलग्नता नरहेको समेत मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ ।

आ.व. २०७७।०७८ मा खरिद भएको साइकलको पहिलो र दोश्रो खरिदको मूल्य दरको भिन्नता

पहिलो टेण्डर 

Package No: OCMCMS2/NCS/Goods/077/078-01

Qnty. Unit: 17238 Nos

(कार्यालयको स्विकृत लागत अनुमान र Technical Specification हेभि ईक्युपमेन्ट डिभिजन, जनकपुरको मेकानिकल ईन्जिनियरद्वारा तयार गरिएको रु. ७७००।०० प्रति थान मु.अ. कर बाहेकको दरले जम्मा रु. १३,२७,३२,६००।००)

दोश्रो टेण्डर 

Package No: OCMCMS2/NCS/Goods/077/078-06

Qnty. Unit: 10000 Nos

(कार्यालयको स्विकृत लागत अनुमान र Technical Specification हेभि ईक्युपमेन्ट डिभिजन, जनकपुरको मेकानिकल ईन्जिनियरद्वारा तयार गरिएको रु. ७७००।०० प्रति थान मु.अ. कर बाहेकको दरले जम्मा रु. ७,७०,००,०००।००)

सि.नं.कबोलदाताको नामप्रति थान कबोल मुल्य (मु.अ. कर बाहेक)जम्मा सम्झौता रकमसप्लाई गरिने साईकलको कम्पनिको नामसि.नं.ठेकदारको नामप्रति थान कबोल मुल्य (मु.अ. कर बाहेक)जम्मा सम्झौता रकमसप्लाई गरिने साईकलको कम्पनिको नाम
१.ओम सत्य साई प्रा.लि., पर्सा, नेपाल५,७००।००९,८२,५६,५४८।९०अम्बिका, भारत१.ओम सत्य साई प्रा.लि., पर्सा७,५००।००७,५०,००,०००।००प्रिन्स, भारत
२.सान्यो ईन्टरनेशनल जे.भि., काठमाण्डौ७,५७६।००१३,०५,७७,८५०।००प्रिन्स, भारत२.सान्यो ईन्टरनेशनल जे.भि., काठमाण्डौ७,४७५।००७,४७,५०,०००।००हाई ईन्ड ब्राण्ड, भारत
३.द डिजाईनर्स नेपाल जे.भि. भरतपुर६,८३१।००११,७७,३५,५४०।००एभोन, भारत३.म्याप हेलिक्स जे.भि., काठमाण्डौNon responsiveNon responsiveFailed in technical response
४.म्याप इन्टरप्रिन्युर्स, काठमाण्डौ६,१५०।००१०,५९,९६,४६२।००वेगा बाइकस, भारतNOTE : सान्यो ईन्टरनेशनल प्रा.लि. ले कार्यालयको लागत अनुमान भन्दा ३% कम लागतमा बोल कबोल गरेकोले निजसंग सम्झौता गरिने निर्णय गरियो ।
५.बिकास जेनरल ट्रेडिङ, जनकपुर८५०१।००१४,६५,२३,४६२।००Benlui
NOTE: ओम सत्य साई प्रा.लि. ले कार्यालयको लागत अनुमान भन्दा २६% कम लागतमा बोल कबोल गरेकोले निजसंग सम्झौता गरिने निर्णय गरियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved