Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओली सरकारको आडमा उपभोक्ता ठग्थे इच्छाराज,भन्थे ” म ओलिको साडुभाइ हुँ “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2021
45 shares

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीको हिरासतमा रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था र सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले अर्बौं रुपैयाँ विदेशमा लुकाएका छन् । सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौं रुपैयाँ तामाङले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको यसअघि नै खुलाशा भएको थियो । तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणका कारण उनलाई प्रहरीले छुन सम्म सकेको थिएन ।
पक्राउ पर्नुअघि तामाङ बेलारुस जाने तयारीमा थिए । तर, पासपोर्ट नै सिज भएका कारण उनको उडान रोकिएको थियो ।

‘सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका छन् । उनी किट स्रोतका अनुसार उनले बेलारुसको नागरिकता लिन नेपाली रुपैयाँ १२ करोड रुपैयाँ यसअघि नै पठाएका थिए ।

पछिल्लो समय सहकारीको रकम फिर्ता माग्न आउनेलाई नै उनले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिन्थे।’ नेपालमा गरेको आम्दानी यसरी विदेश लैजाने काम नै अवैध हो ।

तत्कालिन प्रधानमन्त्री ओलीले सम्पत्ति सुद्धिकरण विभाग नै आफ्नो मातहतमा ल्याएका थिए । तामाङले आफूलाई केपी ओलीको साढु भाई भन्ने गर्थे । त्यसैले विभागको धम्की सबै पीडितलाई दिएर उनी भाग्दै आएका थिए ।
बचत फिर्ता माग्दा जाँदा उनले यतिधेरै रकम कसरी सहकारीमा आयो भन्दै प्रश्न गर्थे र सम्पत्ति सुद्धिकरण लगाइदिउँ भन्दै धम्की दिन्थे । इच्छाराजले आफ्नो श्रीमती पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साली भएको कारण आफू र प्रधानमन्त्री ओलीबीच साँढुदाइ÷साँढुभाइको नाता रहेको बताउने गरेका थिए । प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको भन्दै इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गर्थे। तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दाको धम्की दिए पनि कतिपय व्यक्तिले काठमाडौंकै जग्गा बिक्री गरेर पनि सिभिल सेभिङमा रकम जम्मा गरेका छन् । सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् ।

 

करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए । उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो ।

 

इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैं भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बस्छन् ।

ब्याज राम्रो लिनको लागि सहकारीमा रकम जम्मा गर्नेहरु इच्छाराजले सावाँ नै खाइदिने भएपछि प्रहरीमा उजुरी गर्न पुगेका थिए । सिआइबीमा अहिले तामाङले ४४ करोड रुपैयाँ ठगी गरेको उजुरी छ ।

तामाङले मुलुकको सहकारीसँग सम्बन्धित नियमहरूको धज्जी उडाउँदै एउटै मात्र कम्पनी सिभिल होम्स प्रालिलाई असीमित ऋण प्रवाह गर्दै आएको सिभिल सहकारीको १८औँ वार्षिक प्रतिवेदनमै उल्लेख छ । कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसा मध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र ७ अर्ब एक करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ, जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै ८ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ । सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको सो प्रतिवेदनले देखाउँछ । यी सबै व्यापारिक संस्थाका प्रमुख स्वयं इच्छाराज तामाङ हुन् ।

 

सिभिल होम्स प्रालिको आव २००७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थ कम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ । सिभिल सहकारीको आव २०७४÷०७५ को वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा प्रवाहित २ करोड ७० लाख कर्जामध्ये दुई करोड सिभिल होम्स प्रालिमा छ । कर्जा र लगानी गरी सो अवधिसम्म कुल ७०३.३७ करोड बराबरको रकम सिभिल सहकारीले सिभिल होम्समा लगानी गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved