अर्जुन मंगाेल, झापा।
मंगाेल नेशनल अर्गनाइजेसन ( MNO) काे भद्रपुर नगर सभाकाे दाेश्राे ऐतिहासिक अधिवेशा सम्पन्न भएक्काे छ।यस कार्यक्रमको सभाध्य्क्ष जायेन मगरले रहेका थिए भने प्रमुख अथितीमा केन्द्रिय सदस्य यम कुमारी लिम्बू रहेका थिए । यसै गरि बिशिस्ट अतिथि मा झापा जिल्ला अध्यक्ष लासिमहाङ लिम्बू रहेका थिए ।
विशेष अतिथिमा झापा जिल्ला कोषाध्यक्ष मान प्रसाद लिम्बू रहेका थिए ।MNO कमल गा /पा अध्यक्ष प्रेम आङ्बुहाङ,मेचिनगर सचिव किशोर धिमाल,कमल गाउपालिका वडा सभा ५ अध्यक्ष रन्जन राई,मंगोल मिडिया हबका रिपोर्टर बिजय कुमार लिम्बू ,अतिथि रहेको आजको कार्यक्रम अर्जुन लोवाले सन्चालन गरेका थिए ।
अक्टोबर १ मा भएको बन्द शत्रले चयन गरेको नया भद्रपुर नगर सभाको अध्यक्षमा अर्जुन लिम्बू सचिवमा रेवत मगर,सहसचिवमा सुनिता लिम्बू,कोषाध्यक्ष सेमु नेम्वाङ रहेका थिए भने सदस्यहरुमा राहुल लिम्बू,चन्द्र जोगी,सुमन मगर,रन्जित लिम्बू,अतीत लिम्बू,सुनिल लिम्बू,काजिमान खाम्दाक,उमेस तामाङ रहेका छन।
यसै गरि सल्लाहकारहरुमा जायेन मगर,अर्जुन लोवा,सुभाष लिम्बू,धन बहादुर माबो,नर बहादुर राई,भक्तविर राई र गुन्ज राना मगरलाई चयन गरेको थियो। नयाँ गठित पदाधिकारी ज्युहरुलाई विशिष्ट अतिथि लासिमहाङ लिम्बूले सफत ग्रहण गराएका थिए।
