काठमाडौं । केबल तथा इन्टरनेट प्रदायक कम्पनीको तार काटेकोमा चौतर्फी विरोध भएसँगै नेपाल विद्युत् प्राधिकरणले अबदेखि तार नकाट्ने बताएको छ।
प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गरेर प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडादर तिर्न केही सेवा प्रदायकले अस्वीकार गरेपछि शनिबार तारको कनेक्सन कादिदिएको जनाएको छ।
तर, उपभोक्ताले भने , आफुले तोकिएको सुल्क तिर्दापनी प्राधिकरण र केबल तथा इन्टरनेट प्रदायक कम्पनीहरुको आपसी कुराको बिचमा आफुहरुलाई सेवामा अबरोध भएको गुनासो गरेका छन ।
