काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्ष हुने निश्चित देखिएको छ ।
तर, त्यसको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुवै व्यवस्था कायम रहने बताए । एमाले अध्यक्ष ओलीको उमेर आगामी फागुनमा ७० वर्ष पूरा हुँदै छ । तर, आगामी मंसिरमा महाधिवेशन गर्ने र फेरि अध्यक्ष बन्ने ओलीको भित्री चाहनाअनुसार एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले ओलीलाई पुनः अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँचवर्षे कार्यकाल पूरा गर्न पाउने बाटो खुलेको छ । एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोकिएको थियो ।
त्यही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेरहद हटाइएको थियो । गत फागुन २३ को सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उहाँलाई अनुकूल हुने गरी उमेरहद परिभाषित गरिएको हो ।
अध्यक्ष ओलीसँग प्रतिवाद गर्ने माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता पार्टीभित्र नरहेपछि अध्यक्ष ओलीलाई ढुक्क भएको अवस्थामा विधान महाधिवेशनले अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरेसँगै अब पार्टीभित्र ओली शैलीको विरोध गर्नेहरू नगन्य भएको बताइएको आजको छ । नेपाल समाचारपत्र
