Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेलाई बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याउछौ – केपी शर्मा ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 3, 2021
99 shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नेता तथा कार्यकर्ताहरुले देखाएको विश्वासलाई एक थोप्लोपनि तलमाथि हुन नदिने र एमालेलाई फेरि एकल बहुमत दिलाएमात्रै नेतृत्व छाड्ने बताएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनको समापन समारोहमा उठेका विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने,‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो ।’ उनले जनताको बहुदलीय जनवादको दुरबिनले आफूहरुले टाढाको भविष्य सजिलै हेर्न सक्ने पनि बताए ।

उनले भने,‘मलाई तपाईँहरुले गरेको विश्वासमा एक थोप्लोपनि तलमाथि पर्नेछैन् । देशको हितको विरुद्ध, जनताको हितको विरुद्ध, प्रगतिको विरुद्ध, पार्टीको हितको विरुद्ध एउटा पनि कदम म बाट चालिनेछैन् । म व्यक्तिको रुपमा होईन, अहिले नेकपा एमालेको अध्यक्षको रुपमा भन्दैछु । नेकपा एमालेलाई मलाई लाग्छ, बहुमतमा पुर्याएर हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्छु ।’

त्यस्तै, उनले एमाले जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन् । उनले भने,‘एमाले परिवर्तनको लागि हो । यो कामकाजी पार्टी हो । देश र जनताको सेवक पार्टी हो । सेवककै हिसाबले जनताको सेवा गर्छौं । मैले सरकार गठन भएको एक महिना हुँदानै सम्बोधन गरेर यी यी काम गरें भनेर देखाएका थिएँ । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । अढाई महिनामा सरकार पनि पूर्णता भएको छैन् । हामी सरकारबाट बाहिरियौं, भूमिहीनका सपना बाहिरिए । बैशाखसम्म मेलम्ची ल्याउँछौं भनेर अहिलेको सरकारले भनेको छ, तर पन्ध्र महिनापछि एमालेको सरकार आउँछ अनि यो बन्छ । ठीक छ, यो सरकारले बैशाखभित्र आँफैले भनेको कुरा गरेर देखाओस ।’

उनले महाधिवेशन प्रतिनिधिहरुले दिएका सुझाव मनन गरिने विश्वास दिलाए । उनले मंसिरमा तय गरिएको १०औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिने पनि बताए । उनले जिल्ला अधिवेशन पनि अब विलम्ब नगरी सबै अधिवेशन गरेर संगठनात्मक रुपमा चुस्त दुरुस्त भएर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved