दिवस रिजाल,खोटाङ । गएराति खोटाङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको घट्नास्थलमै मृत्यु भएको छ । जिल्लास्थीत रसुवाघाटबाट बालुवा लिएर सदरमुकाम दिक्तेल तर्पm गइरहेको स १ त ७०७१ नम्बरको ट्रयाक्टर जयराम–दिक्तेल सडक खण्डको नुनथलास्थीत पानी ट्याङ्कीमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी–१२ जालपाका १९वर्षिय डिलक्स राईको मृत्यु भएको हो ।
ओभरटेक गर्ने क्रममा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक राईको घट्नास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर सडकबाट ३५ मिटर तल खसेको स्थानीयबासीले बताएका छन् । मृतकको शव पोष्टमार्टम पछि परीवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सागर शाहले बताउनु भयो ।
ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका– ३ च्यास्मीटारका महेन्द्र राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
