भक्तपुर। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल जिल्ला समन्वय महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।
महासंघको हिजाे सम्पन्न तेर्सो राष्ट्रिय परिषद बैठकले भक्तपुर झौखेल स्थाई घर भएका गेलाललाई अध्यक्षमा निर्वाचित गरेको हो। गेलाल नेकपा(एमाले) बाग्मती प्रदेश कमिटीका सदस्य समेत रहेका छन्।
