Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऋषि धमलालाई काँठे लाेक दाेहाेरी अवार्ड- २०७८

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2021
1.5K

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड–२०७८ बाट सम्मानित भएका छन् । आज (शुक्रबार) राष्ट्रिय नाँचघर, काठमाडौंमा आयोजित विशेष समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धमलालाई सम्मान प्रदान गरेका हुन् । धमलासँगै बरिष्ठ लोक गायक जयनन्द लामा, कलाकार कृष्ण कँडेल पनि सम्मानित भएका हुन् । आ–आफ्नो विद्याबाट देशमा ठूलो योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज सम्मानित हुने व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफू निकै हर्षित र खुशी रहेको प्रतिक्रिया दिए । उनले भने,‘ऋषि धमला, जयनन्द लामा र कृष्ण कँडेललाई पुरस्कार दिन पाउँदा म गौरवान्तित भएको छु । उहाँहरु आँफैमा बहुआयामिक प्रतिभाको धनी हो । ऋषिजीले त पत्रकारितामार्फत देशलाई विशिष्ट किसिमले योगदान पुर्याउनुभएको छ । आज तपाईँहरुलाई सम्मान गर्न पाउँदा मैले हर्ष र गौरवको महशुस गरेको छु ।’

गीत÷संगित भनेपछि आफू पनि लठ्ठ हुने गरेको उनले स्मरण गराए । उनले भने,‘सानोमा गीत, संगित र नाच्नेतिर आफूलाई लैजाने मैले सोचेको थिएँ । सायद, म राजनीतिमा नभएको म पनि कलाकार नै हुन्थें होला । कला, संगित, खेल र पत्रकारिता क्षेत्र भनेको राष्ट्रको प्रतिष्ठा बनाउने देशलाई समुन्नत बनाउने विद्या हो । म पनि यस्तै भएको भए कस्तो राम्रो हुन्थ्यो होलाजस्तो लाग्छ । तपाईँहरु सम्मानित हुँदै गर्दा अलि–अलि मलाई पनि मनमा म पनि सम्मानित हुन पाएको भए हुन्थ्योजस्तो लागेकोछ ।’

दाहालले राजनीतिक कार्यक्रम निरस हुने र यस्तो सांगितिक कार्यक्रम भने राम्रो र रसिलो हुने पनि सुनाए । उनले भने,‘राजनीतिक कार्यक्रम, त्यहाँ रस हुँदैन् । आजकाल त गालीगलौज नै हुन थालेको छ । तर आजकोजस्तो कार्यक्रम रसिलो, भावुक हुन पाउने, यसमा सहभागी हुन पाउँदा आज म रिल्याक्स भएको छु ।’

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved