संस्थापन समुहमा २ जना निर्वाचन प्रकृयाबाट र ३ जना सर्वसम्मत पालिका सभापतिमा चयन भएका हुन् भने पौडेल समुहमा २ जना नै निर्वाचन प्रकृया बाट चयन भएका हुन् । निर्वाचन प्रकयाबाट सोलुदुधकुण्ड नगरपालिकामा सोनामङग्याल्जेन शेर्पा र लिखुपिके गाउपालिकामा सुरज बस्नेत निर्वाचित भएका हुन् ।
त्यस्तै संस्थापन नजिक रहेका चुङबा शेर्पा खुम्बुपासाङल्हमु गाउँपालिकामा, नबिन कार्की माप्यदुधकोशी गाउँपालिकामा र बलकुमार राई महाकुलुङ गाउपालिकामा सर्वसम्मत चयन भएका छन् ।
पौडेल समुहबाट नेचासल्यान गाउँपालिकामा निर्वाचन प्रकृयाबाट निरकुमार शर्मा र थुलुङदुधकोशी गाउँपालिकामा पनि निर्वाचन प्रकृयाबाटै भक्त गुरुङ चयन भएका छन् ।
त्यस्तै जिल्लाको सोताङ गाउँपालिकाका सभापति कृष्ण कार्की सर्वसम्मत चयन भए पनि कुनै समुहमा खुलेका छैनन् । यस अघि पौडेल समुहमा रहेका कार्की सभापति चयनको बेला देउवा समुहबाट सहयोग मिलेका कारण संस्थापनमा खुल्ने संभावना रहेको जनाईएको छ ।
