Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झुठफुसको आन्दोलन तथा म्यादी मन्त्री साहको जालझेलदेखी सावधान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2021
60 shares

रौतहटमा अहिले विभिन्न बहानामा भइरहेको आन्दोलन झूठा तथा जनतालाई भ्रमित गर्ने रहेको देखिएको छ। विपक्षमा रहेका निर्वाचित जनप्रतिनिधि तथा पालिकाहरुलाई बदनाम गराउने उद्देश्यले निमुखा,गरीब तथा दलित समुदायका जनताहरुलाई भ्रममा पारी विभिन्न बहानामा आन्दोलनमा उतार्ने यसै रौतहट क्षेत्र नं. ३ बाट निर्वाचित पूर्व नेकपा माओवादीका नेता म्यादी शहरी विकास मन्त्री प्रभु साहले आफुलाई टिकने ठाउँ नभएको कारण अर्काको बाटो बिगार्न कुनै कसर नछोडेको रौतहट क्षेत्र नं २ ‘ख’ को प्रदेश सांसद माननीय रामकिशोर यादवले दाबी गर्नु भएको छ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत रौतहटका पालिकाहरुले कुनै पनि गल्ती नगरेको वहाले दाबी गर्नु भयो । सुरक्षित नागरिक आवास कार्यक्रम शहरी विकास मंत्रालयको निर्देशिका अंतर्गत प्राप्त पत्र अनुसार नगरपालिकाले सूचना गरि निवेदन संकलन एवं घरधुरी सर्वेक्षण फारम शहरी विकास कार्यालय बिरगंजमा पठाएको थियो । घरधुरी सर्वेक्षण गरि लाभग्राहीहरुको नाम छनौट गरि अन्तिम नामावली शहरी विकास कार्यालयले दिनु पर्ने अवस्थामा हालसम्म लाभग्राहीको अन्तिम नामावली नआएकोले कार्यक्रम संचालन गर्न ढिलाई भएको वहाले बताउनु भयो ।

अधिकार अर्काको , योजना अर्काको र उनीहरुको कामजोरीको कारण मात्र समयमा कार्य नहुँदा उनीहरुले नै अर्कामाथि दोष थुपार्नेले आफ्नो नाम दिन्छ ‘बिकास प्रेमी’ आफूहरुले भएको जति सहयोग गरेपनि बदनाम गर्न तथा आफ्नो वाहवाही कमाउन दलित वर्गलाई उस्काई विभिन्न बहानामा आन्दोलन तथा नगरपालिका घेराऊ गर्न गरीब,विपन्न तथा दलित समुदायका जनताहरुलाई ललाई फकाई म्यादी मंत्रीले नयाँ जालझेल रचेको बौद्धिमाई नपाका नगर प्रमुख युवा मेयर राजीव रंजन यादवले बताउनु भयो ।

शहरी विकास कार्यालयको निर्देशन अनुसार नपाले सूचना पनि गर्यो, फारम संकलन पनि गर्यो, प्राप्त निवेदन अनुसार सर्वेक्षण गरि सर्वेक्षण फारम भरि शहरी विकासको कार्यालयसम्म पुर्यायों । बाकीको कार्य अर्थात छनौटमा परेका लाभग्राहीको अन्तिम नामावली शहरी विकास कार्यालयले दिनु पर्ने भएमा नदिएको खण्डमा नपाले को संग समझौता गर्ने र कसलाई रकम हस्तांतरण गर्ने विषयमा सिंगों शहरी विकास कार्यालयको कमजोरीको कारण कार्य समयमा नभएको भन्नु पर्ने अवस्थामा अरुलाई बदनाम गराउने यस्ता झूठा कुरामा नपर्न सम्पूर्ण सर्वसाधारणमा जानकारीको लागि वहाले अनुरोध गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved