काठमाडौँ ,नेकपा माओबादी केन्द्रका नेता वर्षमान पुन यतिबेला थाईल्याण्डमा उपचारर्था रहेका बेला त्यहाँबाट एउटा दुखद खबर आएको छ।
उक्त खबरले माओबादी केन्द्रका नेता-कार्यकर्तामा नि रा’सा छाएको छ । बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ । जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ ।
उनको कलेजोमा वंशानुगत समस्या छ । कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन् । पुन केही समयदेखि बिरामी छन्। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताए छन् । चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको पुनको सचिवालयले जनाएको छ।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्डमै छिन् । पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य स म स्या देखिएको थियो। त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए।
हरेक बर्ष फ्लोअपका लागि थाइल्याण्ड जान पर्ने भएपनि को भिडका कारण उनी फ्लो अपका लागि जान सकेका थिएनन् ।
फ्लो अप नहुँदा स्वास्थ्यमा थप समस्या देखिएको डाक्टरहरुको भनाई उदृढ गर्दै उनको सचिवालयले जनाएको छ । उपचार निकै ज टि ल भएको बुझिएको छ ।
उनको स्वा स्थ्य अवस्थालाई लिएर नेकपा माओवादी केन्द्रका नेता तथा कार्यक्रर्तामा नि रा सा छाएको छ । नेपालमा उपचार सम्भव नभएपछि थाइल्याण्ड गएका पुनबारे कार्यकर्ता चि न्ति त भएका हुन् । file photo
