Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ट्युसनकाे बाहानामा बाईबल घाेकाउने ४ बिदेशी नागरिक जेल चलान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 28, 2021
210 shares

पोखरा १० की सुनिता विक (नाम परिवर्तित) पृथ्वीचोकको अन्ना पाउल गेष्ट हाउसमा सरसफाईको काम गर्थिन् । उनले काम गर्ने गेष्ट हाउस ४ कोरियालीले चलाइरहेका थिए । पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा, किम युङहिको सो गेष्ट हाउसमा उनी काम गर्थिन् ।

ती कोरियाली नागरिकले विभिन्न मानिसलाई भेला पारेर गेष्ट हाउसमा खाजा खुवाउने गर्थे । प्रभु यशुको भजन किर्तन गर्ने, आर्थिक सहयोग गर्ने, उपचार खर्च दिने, बालबालिकालाई निशुल्क विद्यालय पढाउने पनि गर्थे । यसबाट विक प्रभावित भएकी थिइन् । एक दिन विक पनि ती ४ कोरियालीसँगै चर्च गइन् । उनी त्यहाँको वातावरणले पनि प्रभावित बनिन् । र, धर्म परिवर्तन गरेर क्रिश्चियन बनिन् ।

सुनिताझैं उनीहरुको बानीबाट प्रभावित बनेर धर्म परिवर्तन गर्ने अर्का एक छन्– अजय परियार (नाम परिवर्तित) । परियार पनि सोही गेष्ट हाउसमा काम गर्थे । उनलाई पनि ती कोरियाली नागरिकले भजन कीर्तनमा सहभागी गराउने गर्थे । अजय रप सुनितामात्रै होइन, पोखरा १० को सुकुम्बासी टोलका हरेक परिवारमा यो कोरियाली टोली पुगेको बुझिएको छ ।

उनीहरुले गरिब परिवारका २० जना बालकलाई विद्यालयमा लाग्ने खर्च उठाउने गरी विद्यालय पठाइदिए । ती बालबालिकालाई निशुल्क ट्युसन पनि पढाइदिए । सुकुम्बासी टोलमा खाजा खाना बाँड्थे । चामल, पाउरोटी, बिस्कुट पनि बाँडिरहन्थे । विद्यार्थीहरुलाई ट्युसन पढाउन यी ४ कोरियालीले छुट्टै कोठा लिएका थिए ।

ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्म सम्बन्धि काम गर्ने, बाइबलका श्लोक, भजन गाउन लगाउने गरेको स्थानीयले अदालतमा बताएका छन् । शनिबारको दिन बच्चाहरुलाई अनिवार्य चर्च जानु पर्ने नियम राखेर क्रिश्चियन धर्म सम्बन्धि प्रचार दिने गरेको स्थानीयको दाबी छ ।

स्थानीयले खबर गरेपछि कास्की प्रहरीले ती कोरियाली नागरिकलाई पक्राउ ग¥यो । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दा उनीहरु बसेको गेष्ट हाउसमा येशुको प्राथना लेखेको चिट समेत बरामद गरेको थियो ।

सोमबार अदालत उभ्याइएका ती ४ कोरियाली नागरिकले भने आफूहरु धर्म परिवर्तन गराउन नआएको दाबी गरिरहे । आफूहरुले विपन्न परिवारलाई सहयोग गरेको, विद्यार्थीहरुको पढाइ खर्च जुटाएकाले मानिस आकर्षित भएको हुन सक्ने दाबी उनीहरुको थियो । स्थानीयहरु यशुको प्राथना गर्दा उपस्थित हुने भएकाले क्रिश्चियन धर्ममा आस्था राख्ने गरेको बयान पनि उनीहरुले दिएका छन् ।

कास्की जिल्ला अदालतले ती कोरियाली नागरिकलाई कारागार पठाउन आदेश गरेको छ । सोमबार थुनछेक बहसपछि उनीहरुलाई कसूरमा कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कास्की कारागार पठाउन आदेश आएको छ,’ पनेरुले भने । https://www.samadhannews.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved