Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

क्याप्टेन आङगेलो शेर्पा – जसले यात्रुसहित बुद्ध एयरको जहाजलाई ठुलो दुर्घटना बाट बचाए , ७३ यात्रुले पाए नयाँ जीवन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 27, 2021
1.6K shares

काठमाडौं / सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको कलसाइन 9N-ANI, उडान नम्बर ७०१ को जहाजको ककपिट कमाण्ड सम्हाल्दै दिए आङगेलो शेर्पा ।

बुद्ध एयरका अनुभवी एवं सिनियर पाइलट क्याप्टेन विराटनगरको आकाशमा पुगिसकेका थिए । अवतरण गर्ने तयारी गरिरहेका बेला विमानको ल्यान्डिङ गेयर नखुलेपछि शेर्पाले विमानको पुनः उचाई बढाए । जसका रहेका यात्रुहरु एक्कासी आत्तिए । ओर्लिनै लागेको जहाज एक्कासी उचाई बढाउँदै गएपछि अत्तालिएका यात्रुहरुलाई चालकदलले विश्वस्त दिलाउँदै धैर्यता राख्न अनुरोध गरे ।

ल्यान्डिङ गेयरमा समस्या देखिएपछि शेर्पाले जहाजलाई विमानस्थलसँगको समन्वयमा सिधै काठमाडौंतर्फ डाइभर्ट गरे । विराटनगरभन्दा सम्भावित फोर्स ल्यान्डिङका लागि काठमाडौं सुरक्षित भएकोले शेर्पाले जहाजलाई काठमाडौंतर्फ डाइभर्ट गरेका थिए ।

त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण गराउनुपूर्व विमानमा रहेको इन्धन सकाउनका लागि शेर्पाले काठमाडौंको आकाशमा २ घन्टासम्म घुमाए । त्यस समय त्रिभुवन विमानस्थलमा आवश्यक पूर्वतयारीका लागि पर्याप्त रह्यो । २ घन्टा घुमेपछि विमानस्थलको कोटेश्वर साइडबाट जहाजलाई विमानस्थलमा अवतरण गराइएको थियो ।

जहाज धावनमार्गमा अवतरण गरिसकेपछि दुवैतर्फबाट दमकल र एम्बुलेन्सले जहाजको पिछा गरेका थिए, जुन सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गरिएको विमानस्थलले जनाएको छ ।

जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌ंमा सुरक्षित अवतरण गराएका थिए । विगत लामो समयदेखि बुद्ध एयरका विमान चलाउँदै आएका शेर्पाको कुशलता र धैर्यताले गर्दा चाडबाडको नजिकै कुनै अप्रिय घटना हुन पाएन ।

जहाजमा ६८ वयस्क, बच्चा २, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका अनुसार जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरेका थिए । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।

जहाजमा ल्याण्डिङ गेयरका लागि दुईवटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।

‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गरे । काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुध्द एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved