रौतहटका यमुनामाई गा पा अध्यक्ष श्रीप्रसाद मुखियाको छोरा आफू अध्यक्ष भन्दै सर्वसाधारणलाई धम्काउने गरेका छन् ।
मुखियाका छोरा जयकुमार मुखिया (रमेश) ले गा पा कार्यालयमा बसेर धम्की चलाई राखेका छन। गा पा प्रहरी भर्ना भएकाहरुले आफ्ना ड्रेस नलगाई सिविलमै बसेको बेला एक जना स्थानीयले ड्रेसको बारेमा सोध्दा अध्यक्षका छोराले किन खोज्नु भनेका छन।
स्थानीय तहको करिव पांचौ साल हुन लाग्दा पनि हाल सम्म गा पा प्रहरीले ड्रेस न पाएको पटक पटक गुणासो गर्दै आई रहदा पनि हालसम्म ड्रेस पाएको अवस्था देखिएको छैन। स्थानीयले सुचनाको हक पाउने अधिकार रहे तापनि चार साल अघि सुचनाको लागि आवेदन दर्ता गराए पनि पटक पटक सुचना मांग गर्दा सुचना उपलब्ध नगराउनुको मतलव कतै भ्रष्टाचार भएको हुन सक्छ भनि स्थानीयहरुको गुणासो पनि रहेको छ।
केही दिन पहिला अध्यक्ष मुखियाको छोरा सरकारी गाडीलाई आफ्नै गाडी हो भनेर प्रचारवाजीमा लागेका थिए। त्यस्तै सरकारी गाडीका चालक बिना भर्नाको ट्याक्टरका चालकले सो गाडी लिएर काठमाडौं लिएर जादै गरेको क्रममा जिल्लाको चन्द्रपुर ट्राफिक चेक जाँच हुँदा ट्याक्टर चालक अनुमतिपत्र देखेपछी न्युज २४ टि भि बाट कार्यक्रम सिधा कुरा जनता संगको कार्यक्रममा प्रशारण गरिएको कुरा सर्व ब्यापी रहेको छ। तर सरकारी समान मेरो हो भनि कानुनले मिल्दैन भन्ने कुरा एक बिज्ञले बताउछन।
