Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एनआरएनए पोर्चुगलमा दुई समूहबीच मारपिट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 27, 2021
141 shares

बसन्त रानाभाट

बार्सिलोना । एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्।

सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको छ भने अर्को समूहले चुनाव धाँधली भएकाले आफूहरूले वहिष्कार गरेको भन्दै समानान्तर समिति खडा गरेको छ।

एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिले झडपपछि पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै विज्ञप्ति जारी गर्दै कुटपिट घटनाको पुष्टिसमेत गरेका छन्।

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्यालले स्थानीय प्रहरी समयमा नै पुगेकाले थप अप्रिय घटना हुनबाट जोगिएको बताए। उनले भने, ‘घटनास्थलमा दुई भ्यान प्रहरी आएपछि हातपातमा संलग्न युवाहरू तितरवितर भएको पाइन्छ । एनआरएनका दुई पक्षका साथीहरूले नै प्रष्ट भन्नुहुन्छ प्रहरी नआएको भए त्यहाँ ठूलो दुर्घटना हुनसक्थ्यो।’

पोर्चुगलमा एनआरएन विवाद सल्टाउनुको सट्टा झन्झन् उग्र र जटिल बन्दै गएको पत्रकार छन्त्यालले बताए। ‘सुरुमा सकारात्मक पहल नै हुन खोजेको थियो। रवीन्द्र अधिकारी र सोम शेर्पा दुवैजना छलफलका लागि त्यहाँ पुगेको बुझिन्छ तर दुवै पक्षका युवाहरू संयमित हुन नसक्दा मुखले चुनौती दिदादिदै हातपात भएको देखिन्छ,’ उनले घटनाबारे अनलाइनखबरलाई सुनाए।

विज्ञप्ति जारी गर्दै एक-अर्कालाई गुण्डागर्दीको आरोप

घटनापछि दुवै पक्षले एक-अर्कालाई गुण्डागर्दीको आरोप लगाएका छन्। दुवै पक्षले एनआरएनए पोर्चुगलको लोगो प्रयोग भएको लेटरप्याडमा नै विज्ञप्ति लेखेका छन्।

रवीन्द्र अधिकारी अध्यक्ष रहेको समूहले विज्ञप्ति जारी गर्दै सोम शेर्पा र उनका साथमा आएका मानिसहरूले योजनावद्व रुपमा गुण्डागर्दी नियतले आक्रमण गरेको आरोप लगाएको छ। ‘छलफल सुरु हुनासाथ अध्यक्ष रवीन्द्र अधिकारी र साथीहरूमाथि हातपात गर्दै भौतिक रुपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलाप
को एनआएनए पोर्चुगल घोर भत्सर्ना गर्दछ,’ अधिकारी समूहको विज्ञप्तिमा लेखिएको छ।

विज्ञप्तिमार्फत आगामी २७ सेप्टेम्बर सोमबारदेखि एनआरएनए पोर्चुगलको कार्यलय खोलि नियमति रुपमा संचालनमा ल्याउने सूचना समेत जारी गरिएको छ।

यता सोमफुरी शेर्पा अध्यक्ष रहेको एनआरएनए पोर्चुगलको अर्को समूहले पनि विज्ञप्ति जारी गदै रवीन्द्र अधिकारी समूहले गुण्डागर्दी गरेको आरोप लगाएको छ। ‘गत निर्वाचनमा विधि प्रक्रिया र पद्वतिच्युत भएर स्वघोषित रुपमा निर्वाचित घोषणा गरिएका तथाकथित अध्यक्ष रविन अधिकारीले गुण्डागर्दी शैलीका व्यक्तिहरूलाई उक्साएर साथमा ल्याई भौतिक आक्रमणको प्रयास गरिएको प्रति खेद व्यक्त गर्दै भत्सर्ना गर्दछौं,’ शेर्पा समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनआरएन केन्द्र मौन

दुई समानान्तर समितिहरू राजधानीको खुल्ला पार्कमा कुटाकुट गर्दै एनआरएनको बदनाम गरिरहेका बेला एनआरएन केन्द्र भने मौन देखिएको छ। आरोप-प्रत्यारोप हुँदै भौतिक आक्रमण र कुटपिटमा समेत उत्रिँदा पनि केन्द्रले विवाद सल्टाउने तर्फ ध्यान नदिएको पोर्चुगलबासी नेपाली समुदायले गुनासो गरेका छन्।

एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष भीम केसीले एनआरएनए केन्द्रको भूमिका प्रभावकारी नदेखिएकाले पोर्चुगलको विवाद झन् जटिल मोडमा पुग्दै गएको बताए । ‘थप वातावरण नबिगार्न केन्द्रले कुनै न कुनै रुपमा तत्काल भूमिका खेल्नुपर्दछ । एक पक्षलाई स्वीकृत गर्नुपर्छ। तबमात्र अर्को पक्षले लोगो प्रयोग गर्न सक्तैन,’ पूर्व अध्यक्ष केसीले भने।

उनले चुनावी नतिजालाई भन्दा पनि अहिलेको परिस्थितिमा वार्ता र संवादमार्फत समस्या समाधान गर्न दुवै पक्षले जोड दिनुपर्ने बताए।

एनआरएनए निर्वाचनको विवाद केन्द्रमा पनि चुलिएको बेला एनआरएनए पोर्चुगलमा पनि दुई समानान्तर समूह गठन भएका छन्। विवाद सिर्जना भइसकेपछि पनि कुन समूह आधिकारिक हो भन्नेबारे केन्द्रले हालसम्म परिपत्र नगरेकोमा पोर्चुगलवासी नेपालीहरू समेत अन्यौलमा रहँदै आएका छन्। onlinekhabar

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved