नेपाली काँग्रेसकाे १४ औँ अधिवेसनकाे आज नगर अधिवेसन समपन्न भएकाे छ। केहि ठाउँमा छिटफुट समस्या भएपनि मुलत राम्रै सँग समपन्न भएकाे छ। लमजुङकाे केही ठाउमा केही समस्याहरु भएकाे समाचारहरु आईरहँदा यता भक्तपुरकाे चाँगुनारायण नगरमा भने स्वतस्फुर्त तवरले नगर अधिवेसन सम्मन्न भएकाे छ।
भक्तपुरका चारवटै नगरसमितिमा अधिवेसन समपन्न भएकाे छ ।
चागुंनारायण नगर समिति: शिवहरी के सी
भक्तपुर नगर समिति :राजेन्द्र तमखु
सुर्यविनायक नगर समिति :निशान ढुगेल
मध्यपुर नगर समिति: हरिदाश प्रजापति
नाै वाडा रहेकाे उक्त नगरपालिकामा दुई समूह बिच पार्टिभित्रैकाे आन्तरिक मामिलाकाे चुनाव भएकाे जानकारि छ भने शिबहरि केसि समुहले याे कार्यकाल सम्हाल्ने भएकाे छ। केन्द्रिय तहमा पार्टी भित्र सामनन्य अन्तरद्वन्द भएपनि याे जिल्लामा त्यस्ताे कुनै द्वन्द र गुटबन्दि नभएकाे कुरा केहिदिन अघि नै जिल्ला कार्यसमिति सहसचिव किरण न्याैपानेले चाैतारि टेलिभिजनकाे एक कार्यक्रममा अन्तर्वार्ताकाे क्रममै स्पष्ट पारेका थिए।
दुई वटा निर्वाचन क्षेत्र रहेकाे भक्तपुरमा अन्य नगरपालिकाहरुकाे नतिजाहरु आउने क्रम रहेकाे र यस नगरमा भने शिबहरि केसि समुहले १८८ मत ल्याउदै बिजयि भएका हुन्। आफ्नै पार्टी भित्र र आफ्नै साथिहरु भएतापनि पार्टीकाे नियमलाई अनुसरण गरदै जाँदा गाेपाल पाैड्यल समुहले ५८ मत पाएका हुन् तर याे कुनै अर्का पार्टी वा संगठन सँगकाे पराजय नभएकाेले यसमा कुनै गुनासाे नलिई आउनै दागेकाे स्थानिए चुनावमा पार्टीलाई देसकै सबल,असल,अनुिसासित र जनताकाे सारथि बनाउनमा एकीकृत भएर लाग्न भन्दै क्षेत्रीय सभापति , भक्तपुर १ का जीवन खत्रिले दुबै समुलाई बधाईतथा कार्य सफलताकाे सुभ कामना दिएका छन्।आन्तरिक पार्टीको प्रतिस्पर्धा लाई शक्ति मा रूपान्तरण गरि आगामि निर्बार्चनमा पार्टीलाई १ नं काे बनाउन सबैकाे साथ ,सहयाेग र निरन्तर कृयाशिलताकाे लागि आग्रह समेत गरेका छन्।
