Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्ता गठबन्धनको निर्णय : भागवण्डाको जिम्मा शीर्ष नेताहरुलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 26, 2021
237 shares

काठमाडौं,सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए ।

‘आजको बैठकले गठबन्धनका शीर्ष नेतालाई परिणाम आउनेगरी चाँडो समस्याको समाधान खोज्नुस् भनेर जिम्मेवारी दिएको छ’, गठबन्धनको बैठकपछि राय यादवले रातोपाटीसँग भने, ‘अबको एक दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’ अध्यादेश, मन्त्रिपरिषदको पूर्णता, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न आइतबार बिहान बसेको बैठकले परिणाम दिनेगरी समाधान खोज्न नेताहरुलाई जिम्मेवारी दिएको हो ।

असार २९ मा गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत र जनता समाजवादीलाई समेत समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने भनिएपनि ती पार्टीको आन्तरिक झमेलाका कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

पछिल्लो समय माधव नेपाल लगायतका नेताहरुविरुद्ध एमालेले सर्वोच्च अदालतमा दिएको रिट निवेदन, यसअघि ल्याएको अध्यादेशका कारण नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्रिमण्डलको पूर्णताका लागि केही समय मागेका थिए । तर शुक्रबार नेपाल लगायतका नेताको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने आदेश गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिन केही सहज भएको छ । उता, जसपाले अध्यादेश खारेज गरेर मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने अडान राख्दै आएको छ । त्यसका लागि सरकारले अध्यादेश निष्क्रिय बनाउने उपाय खोजिरहेको छ ।

गठबन्धनभित्र रहेका ५ दलमध्ये जनमोर्चा सरकारमा सहभागी नहुने बताएकाले चार दलले पाउने मन्त्रालयको संख्यामा मोटामोटी सहमति जुटेपनि कुन मन्त्रालय कसले पाउने भन्ने एकीन भएको छैन । प्रधानमन्त्रीसहित काँग्रेसले गृह, स्वास्थ्य, परराष्ट्र र कानुन मन्त्रालयको जिम्मेवारी लिइसकेको छ भने माओवादीले अर्थ र उर्जा पाइसकेको छ । बाँकी रहेका मालद्धार मन्त्रालयमा पनि गठबन्धनबीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved