Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

असफलतर्फ देउवा, प्रचण्ड, नेपाल र यादव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2021
754Shares

काठमाडौं । सत्ता गठबन्धनले निकै संघर्ष गरेर केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सके । ओलीले प्रतिनिधि सभाको विघटन दुई पटक गरेपनि त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । संसद मृततुल्य भइसक्दा ब्युँताइदियो ।

संविधानले राजनीतिक अस्थिरता रहन नदिने र संसद पूरा अवधि रहने परिकल्पना गरे अनुसार देश अगाडि बढ्ने आशा गरियो । तर, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसहितको सत्ता गठबन्धन विस्तारै असफलतातर्फ बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

देउवा प्रधानमन्त्री बनेको साँढे दुई महिना पुग्दैछ । ५ मन्त्री र १ राज्यमन्त्रीको भरमा सरकार चलिरहेको छ । सत्ता गठबन्धनभित्र विस्तारै विवाद बढिरहेको छ । राज्य सञ्चालनका महत्वपूर्ण कार्यहरुले गति लिन सकेको छैन ।

सरकार गठन भएपछि ओली सरकारका कतिपय निर्णयहरु खारेज भए । नियुक्तिहरु बदर गरिए । यसलाई अघोषित रुपमा ओलीको सेटिङ भत्काउन थालिएको भनियो ।

सरकारले संशोधित बजेट ल्यायो । इतिहासमा कहिले नभएको बजेट होलिडे एक हप्ता चल्यो । सरकारी खर्च चलाउन नपाउँदा कर्मचारीहरु समयमा तलब पाउन नसकेर असन्तुष्ट भए । प्रतिनिधि सभा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्नाले कामकारबाहीमा समस्या भयो ।

सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध सामान्यभन्दा विपरित दिशामा गयो । यसले देशमा नयाँ द्वन्द्वको बाटो बन्दै गयो । भविष्यमा राजनीतिक टकराव बढ्ने चुनौती बढेको छ ।

सरकार बनेपछि दुई मुख्य दल विभाजित भए । नेकपा एमाले र जसपा विभाजित भई नेकपा एस र लोसपा बन्यो । यसका लागि देउवा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश नै ल्यायो । भविष्यमा यस्तै अध्यादेशबाट दल विभाजित गराउने र अस्थिरता बढाउने नजिर बसाल्यो । दलहरु फुट्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुग्नुपर्ने अनिवार्य व्यवस्था संविधानमा रहेकोमा अध्यादेशमार्फत् जस्तो पनि बनाउन सकिने बनाइयो । यो तत्काल कसैका लागि फाइदाजनक भएपनि भविष्यका लागि गलत नजिरका रुपमा बन्यो ।

अहिले यही अध्यादेश सत्ता गठबन्धनमा विवादको विषय बन्न थालेको छ । अध्यादेश निष्कृय भएको छैन । यसको विषय राजनीतिक बार्गेनिङ कार्ड बनाइएको छ । नेकपा एस र जसपा अध्यादेश निष्कृय नबनाई सरकारमा नजाने अडान कसिरहेका छन् । दलहरु फेरि फुट्ने सम्भावना देखिएको छ ।

सत्ता गठबन्धनले प्रदेशहरुमा सरकार बनाउँदा मन्त्रीहरुको बाँडफाँडमा समेत समस्या भोगेका छन् । दलहरुबीच कुरा मिल्न कठिन बनेका घटना छन् । मुख्यमन्त्री कस्ले लिने भन्ने विषयले बागमती प्रदेश र प्रदेश नं १ को सरकारहरुमाथि अविश्वासको प्रस्ताव बढ्न सकेको छैन । विस्तारै भागवण्डाको विवाद देखिन थालेको छ ।

गठबन्धन दलका नेताहरु असफलतातर्फ बढेका छन् । उनीहरुको असफलतासँगै देश फेरि प्रतिनिधि सभाको बिघटनको तेस्रो शृंखलातर्फ बढ्ने अवस्था देखिदै गएको छ । नेताहरुको असफलताको तारो संसद बन्ने गरेको छ । यसपटक पनि त्यस्तै देखिदैछ । सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव असफल हुँदै गएका छन् । उनीहरु कुनैपनि बेला जनताबाट असक्षम घोषित हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved