Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कैलारी गाउँपालिकामा ऐनविपरीत कर्मचारी भर्ना, भत्तामा २० लाख खर्च

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2021
33 shares

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले एकजना आवश्यक पदमा ५ जना कर्मचारी भर्ना गरेको फेला परेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफ ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।

तर, गाउँपालिकाका सामाजिक विकास अधिकृत, सब–ईन्जीनियर, अनमी, ल्याब असिसटेन्ट लगायत पदमा १९ जना कर्मचारी भर्ना गरी एक करोड ७ लाख बढी खर्च गरेको छ । सोही ऐनको दफा ८३ (८) बमोजिम प्रहरी, सवारी चालक, कार्यालय सहयोगी लगायतमा मात्र करार सेवामा कर्मचारी भर्ना गर्न पाउने व्यवस्था छ। तर कैलालरी गाउँपालिकाले एक पदमा ५ जना कर्मचारी भर्ना गरी ८ लाख ३० हजार खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

गाउँपालिकाले कर्मचारी भर्ना गर्दा मनपरी गरेको तत्कालिन एमालेबाट उपाध्यक्षकी उम्मेद्धार झुमा चौधरीले बताइन्। ‘कर्मचारी भर्ना गर्दा आफ्ना निकटका, नातेदार लगायतका आफन्तवाद र पार्टी हेर्ने गरिएको छ,’ उनले भनिन्, ‘राज्यकोषको दोहन गर्ने काम मात्रै भएको छ।’ महालेखा परीक्षकको वार्षीक प्रतिवेदनअनुसार प्रोत्साहन भत्ताबापत मात्रै कर्मचारीले २० लाख भन्दा बढी खर्च गरेका छन्।

अर्थ मन्त्रालयको अनुमति लिएर कानून बनाएपछि मात्रै भत्ता लिन पाउने प्रावधान भएपनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले भने कानूनविपरीत आर्थिक वर्ष २०७६/७७ मा २० लाख ३३ हजार भन्दा बढी भत्ता बुझेका हुन्। राज्य कोष दोहन हुने गरी मनलाग्दी रुपमा गाउँपालिकाले अस्वभाविक खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। गाउँपालिकाले विकास निर्माणका काममा समेत अनियमितता गरेको आरोप लागेको छ।

सम्झौताअनुसार काम नगरी भुत्तानी दिने, कार्यान्वयनमा नजाने योजनालाई प्राथमिकता राख्ने गरेको गुनासो गरिएको छ। गाउँपालिकामा आवश्यक पर्ने कर्मचारीको पद रित्त भएपनि आफ्ना निकटलाई खुसी पार्नका लागि रोजगारी दिएको भेटिएको छ। तर गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने कानून अनुसार नै कर्मचररी भर्ना गरेको दाबी गरे। ‘आवश्यकता अनुसार कर्मचारी भर्ना गरेका छौ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved