Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्रीको निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2021
[webverse_shares]

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँडले चाडबाडमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिए ।

“नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ”, मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, “म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला ।”

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।

बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गरे । “सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ”, मन्त्री खाँडले भने ।

व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाउन पाउने पनि उनको भनाइ थियो । उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरे ।

बर्सातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दसैँ अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने उनले बताए । जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको उल्लेख गर्दै बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलबाड गर्न नपाइनेतर्फ सचेत गराए । उनले बजारमा खेलबाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले अनुगमनमा मूल्यसूची जस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सिद्धिएका खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विशेष सुरक्षा योजना बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved