Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धनगढीको अक्सिजन लुकाउने गोदाममा छापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2021
6 shares

गोदाममा छापा धनगढी :

अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेका बेला एक औषधि व्यवसायीको गोदाममा भने भरिएका ५० र खाली ११ गरी ६१ सिलिन्डर भेटिएको छ। धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छापा मारेको हो। ‘नजिकै निजी अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले दिएको सूचनाका आधारमा उनको गोदाममा छापा हानेका हौं’, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने।

 

जिल्ला प्रशासन कार्यालय कैलालीका शाखा अधिकृत यादव भण्डारी, वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि अनुगमनमा गएका थिए। अमित मेडिसिनका सञ्चालक दुश्यन्त बस्नेतले कुनै पनि कागजात पेस नगरेको वाणिज्य कार्यालय प्रमुख पुनले बताए। ‘बिक्री गरेको बिल छैन। हिजोसम्म ६ सय ५० सिलिन्डर लुकाएको गुनासो आएको थियो। बिहान छापा हान्दा ६१ मात्रै फेला परेका छन्’, पुनले भने, ‘कागजात हेर्दा बिक्री गरेको, चलान गरेको कुनै पनि रेकर्ड भेटिएन।’ अनुगमन टोलीले साउनयता सिलिन्डर किनेको, बिक्रि गरेको विल, चलानसहितका काजगात तिन दिनभीत्र पेश गर्न बन्नेतलाई निर्देशन गरेको छ। बस्नेतले डल्केबर ग्यास उद्योगबाट केही दिनयता २ सय ५० सिलिन्डर किनेको स्वीकार गरेका छन।

 

उनले २५ हजारका दरले किनिएका अक्सिजन भरिएका सिलिन्डर बजारमा ४० हजारमा बिक्री गरिरहेको खुलेको छ। डडेलधुराको अमरगढी नगरपालिकालाई उनले ४० हजारमा सिलिन्डर जति पनि किन्न सकिने बताएको स्रोतले बतायो। बस्नेतले आफुले सरकारी अस्पताललाई सिलिन्डर सप्लाई गर्ने गरेकाले यती मात्रामा गोदाममा राखेको जनाएका छन्। ‘म अक्सिजनका सिलिन्डर पनि विक्रि गर्छु। त्यसका लागि मगाएको हुँ’, उनले भने। बजारमा अभाव भईरहेको र नजिकै रहेका अस्पतालहरुमा बिरामीको ज्यान गइरहेका बेला यत्तिका सिलिन्डर गोदाममा राखेकाले त्यो कालोबजारी भएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत भण्डारीले बताए। प्रहरीले मंगलबार राति ६ सय ५० सिलिन्डर गोदाममा फेला परेको सूचना स्थानीय सञ्चारमाध्यमलाई दिए पनि बुधबार पत्रकारको उपस्थितिमा हानिएको छापामा ६१ वटा मात्रै फेला पारिएको हो।

 

बस्नेत गत वर्ष सरकारी दस्तखत छाप किर्ते गरेको आरोपमा पक्राउ परेका थिए। उनले कैलालीको गेटा आँखा अस्पतालको औषधीको टेन्डर लिन आन्तरिक राजश्व कार्यालयका अधिकृतको हस्ताक्षर र सरकारी छाप न नक्कली बनाएर कागजात पेश गरेको पाईएको थियो। उनले किर्ते गरी ८ करोडका तीनवटा ठेक्का हात पारेको खुलेको थियो। उनी जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। उनलाई, आन्तरिक राजश्व कार्यालयले ३५ लाख राजश्व ठगी गरेको भन्दै जरिवाना गरेको थियो। सेती प्रादेशिक अस्पतालले भने सिलिन्डर मागेर अक्सिजन अभाव पूर्ति गरिरहेका छन्। अस्पतालले आइतबार फेसबुकमा एउटा सूचना हाल्यो– ‘सेती प्रादेशिक अस्पताललाई फिलिङका लागि कम्तीमा एक सय वटा खाली सिलिन्डर तत्काल आवश्यक परेकाले सहयोगका लागि अपिल गर्दछौं।’

 

सिलिन्डर किन्ने बजेट नभएको, भए पनि खरिद ऐनअनुसार समय पर्खिनुपर्ने भएकाले अस्पतालले जनतासँग भएका सिलिन्डर दिन अपिल गरेको हो। अस्पतालको अपिलपछि धेरै जनाले सिलिन्डर बुझाए। धनगढी बजारमा रहेका ग्यारेज, उद्योग कलकारखानासहित स्थानीयसँग रहेका सिलिन्डर संकलन भए। कोरोना महामारीमा व्यवसाय बन्द गरेर आफूसँग रहेका ५२ वटा सिलिन्डर अटो व्यवसायी र स्थानीयले प्रहरीलाई बुझाए। प्रहरीले अपस्ताललाई हस्तान्तरण गर्‍यो। अझै अपुग भएपछि अस्पतालले सोमबार फेरि त्यही सूचना फेसबुकमा राख्यो। अस्पतालमा बिरामीको चाप यति धेरै बढेको छ कि भएका सिलिन्डरले धान्न सकिरहेको छैन।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले कोरोना अस्पतालका लागि मात्रै दैनिक ८० देखि सय सिलिन्डर आवश्यक रहेको बताए। अस्पतालसँग आफ्नै र बजारबाट संकलन भएका १ सय ९० वटा सिलिन्डर छन। तीमध्ये दैनिक सय सिलिन्डर कोभिड अस्पतालमा मात्रै खपत हुन्छन्। प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट पनि छ। त्यहाँबाट उत्पादन गरिने अक्सिजनबाहेक उसलाई दैनिक सय सिलिन्डर आवश्यक परेको हो। त्यो प्लान्ट अस्पतालका आईसीयू, सर्जिकल, प्रसूति, एनआईसीयूसहितका वार्ड, कोभिडको आईसीयु वार्डमा पाइपबाट जडान गरिएको छ। कोभिडको आईसीयू अस्पतालकै पुरानो भवनमा रहेकाले त्यहाँ पाइप लाइन छ।

 

प्रदेश सरकारले बनाएको कोभिड डेडिकेटेड अस्पताल अलिक टाढा रहेकाले त्यहाँका सबै बिरामीका लागि सिलिन्डरबाट अक्सिजन दिनुपरेको छ। तर, कति बेला प्लान्टको मेसिनले काम नगरेपछि अक्सिजनको प्लो कम आउने भएकाले पनि त्यसको मुहानमा ८–१० सिलिन्डर जोड्नुपर्ने अवस्था आउदा समस्या हुने गरेको छ। ‘सघन उपचार कक्षका बिरामीलाई अक्सिजनको प्लो कम भयो भने प्लान्टको मुहानमा ८–१० सिलिन्डर जोडेर सप्लाई दिनुपर्छ। चौविसै घण्टा अक्सिजन प्लान्ट चलेकाले यस्तो भएको हो’, डा. पाण्डेयले भने, ‘अहिले कम्तीमा पनि अस्पताललाई तीन सय सिलिन्डरको आवश्यकता छ।’

उनले धनगढीमा रहेको एक मात्र निजी अक्सीजन प्लान्टबाट आपुर्ती सहज नभएपछि नेपालगन्जबाट भरेर आपूर्ति गरिरहेको बताए। ‘नेपालगन्जबाट भरेर ल्याउदासम्म तीन दिनको समय लाग्छ। त्यहाँ पनि सहजै उपलब्ध हुदैन। त्यसैले दैनिक खपत एक सय सिलिन्डर, भर्न पठाउन सय सिलेन्डर र एक दिनको मौज्दात सय सिलेन्डर गरेर अहिलेको अवस्थाका लागि मात्रै पनि तीन सय सिलिन्डरको आवश्यकता छ’, उनले भने। कोभिडका बिरामीलाई नर्मल बिरामीभन्दा चार गुना बढी अक्सिजन चाहिने उनले बताए। ‘हामीले सिलिन्डरका लागि स्थानीय तह, प्रदेश सरकार र संघ सरकारलाई पनि अनुरोध गरेका छौं’, उनले भने, ‘बिरामीको चाप बढिरहेकाले छिटो सिलिन्डर आवश्यक परिरहेका छन।’

sibaraj bahhata Annapurnapost

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved