Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली काँग्रेसमा दुई समूहको बैठकमै चर्काचर्की

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2021
51 shares

काठमाडौं। नेपाली काँग्रेसको देउवाइतर समूहको बैठकमा चर्काचर्की भएको छ । मन्त्रिमण्डलमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटस्थलाई थप्दै जाँदा इतर पक्ष नपरेपछि आकस्मिक रुपमा बैठक डाकिएको थियो ।

महाराजगञ्जस्थित महामन्त्री डा. सशांक कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. रामशरण महत, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

बैठकमा पौडेलले देउवाको चर्को आलोचना गरेका थिए । बैठकका एक सहभागीका अनुसार उनले देउवाका कारण पार्टी सिध्धिने बताए । त्यसपछि सुजाता कडा रुपमा प्रस्तुत भइन् । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘काँग्रेस सिक्किदैन रामचन्द्रजी तपाईं सक्किनुहुन्छ, हामी सक्किन्छौं । काँग्रेस यस्तै रहन्छ बरु खस्कदै जाला ।’

‘मन्त्रीको नाम दिनुभनेर शेरबहादुरजीले भन्दा नदिने ? आज दुई महिना भइसक्यो किन मन्त्रीको नाम दिन नसकेको ?’ सुजाता बोल्दा सशांक र शेखर सुनिरहे । उनी झोक्किदै बोल्न थालिन् । ‘एउटा मन्त्रीको नाम पनि दिन नसक्ने ? कसरी सभापतिको दाबी गर्नुहुन्छ ? मिलाउन पनि नसक्ने ?’

सुजाता बोल्दै जाँदा डा. रामशरण महतले जम्मा २ जना मन्त्रीको कोटा भएको भन्दै जाति, क्षेत्र सबै मिलाउँदा गाह्रो परेको छ । सुजाता झोक्किदै भनिन्, ‘उसो भए लिङ्ग पनि मिलाउनुपर्छ ।’ बैठकमा केही समय चर्काचर्की भयो । त्यसपछि महत चुप लागे ।

आजको बैठकमा सुजाता आक्रामक रुपमा प्रस्तुत भइन् । उनले आफूलाई यसअघि बैठकमा नडाकेको भन्दै आक्रोश पोखिन् । ‘तपाईंहरु आफू सर्वेसर्वा ठान्ने, मिल्न पनि नसक्ने मिलाउन पनि नसक्ने ?’ सुजाताले प्रश्न गरिन् ।

सबै मिलेर एउटा उम्मेदवार दिन नसके सबै सक्किने सुजाताको ठोकुवा थियो । उनले भनिन्, ‘सबै सभापति बन्छु भन्दै हिंड्ने त्याग नगर्ने, पावर सेयरिङ नगर्ने हो भने देउवालाई कसैले रोक्न सक्दैन ।’ उनले मिलेर जान आग्रह गरिन् ।

बैठकमा पौडेलले सबैलाई मिलाएर लाने र सहमतिमा मन्त्रीको नाम टुंगो लगाएर पठाउने बताए । त्यसपछि सबैले सुझावहरु पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved