काठमाडौँ — मुन्दुमविद् गडुलमान राईको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित राईको उपचारकै क्रममा बुधबार बिहान भक्तपुरमा निधन भएको माइला छोरा जीवनज्योति राईले बताए ।
यसै गरी चाम्लिङ भाषाको कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकसमेत लेख्नुका साथै राईले कक्षा १ को गणित, विज्ञान, स्वास्थ्य तथा शारीरिक, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयलाई चाम्लिङ भाषामा अनुवाद गरेका छन् । उनको योगदानको कदर गर्दैै किरात राई यायोक्खाले ‘छत्र–विष्णु राई कृति सम्मान–२०६४’, नेपाल प्रज्ञा प्रतिष्ठानले ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७२’ प्रदान गरेका छन् ।
खोटाङको साकेला गाउापालिका–२ रतन्छामा २००५ भदौ ६ गते जन्मिएका राई अवकाशप्राप्त शिक्षक थिए । उनका पत्नी, ४ छोरा र २ छोरी छन् । उनको पार्थिव शरीर जन्मथलो खोटाङ पुर्याएर बिहीबार समाधिस्थ गरिने परिवारले जनाएको छ ।
