Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वैशाखमा संघीय संसदको चुनाव गर्ने बाटोमा देउवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2021
[webverse_shares]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा संघीय संसदको चुनाव गर्ने बाटोमा बढेका छन् । जतिसक्दो छिटो चुनाव गरेर अहिलेको राजनीतिक गतिरोध अन्त गर्न सकिने भन्दै देउवाले भित्री तयारी समेत गरेका छन् ।

चुनावको पक्षमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली पनि छन् । उनले मध्यावधि चुनावका लागि दुई पटक संसद विघटन गरेका थिए । तर, सर्वोच्च अदालतले उनको कदमलाई असंवैधानिक ठहर गरिदियो । त्यसपछि ओली सरकार ढलेर देउवा प्रधानमन्त्री बने ।

ओली प्रधानमन्त्री छँदै देउवाले अर्ली इलेक्शनमा जोड दिदै आएका थिए । उनले सार्वजनिक रुपमै चुनावको रटान लगाएका थिए । तर, घटनाक्रमले देश चुनावमा नगई प्रतिनिधि सभा पुनःस्थापना भयो ।

देउवानिकट नेताहरु एनपी साउद, रमेश लेखकलगायतले अर्ली इलेक्शनमा सार्वजनिक रुपमै बोल्दै आएका छन् । जतिसक्दो छिटो चुनाव गराएर निकास दिन सकिनेमा काँग्रेसको देउवा पक्ष अगाडि बढेको छ ।

सरकार गठन भएपनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । २ महिना बितिसक्दा प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीको भरमा देश चलिरहेको छ । सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको छ । पार्टीहरु फेरि फुट्ने खतरा बढ्दै गएको छ । यसले दलहरुभित्र विभाजनको आगोको झिल्को फैलदा राजनीतिक अस्थिरता बढ्न सक्ने देखिएको छ ।

देशमा अर्को संकट आउने खतरा बढ्दै जाँदा चुनावमा जान दुई मुख्य दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु तयार भइसकेका छन् । काँग्रेसले जति चुनाव छिटो हुन्छ उति लाभ लिन सकिने निष्कर्ष निकालिसकेको छ । एमाले पनि चुनावमा गएर अन्य कम्युनिस्ट दलहरुलाई साइजमा ल्याइदिने रणनीतिमा छ ।

ओलीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई सुन्यमा झारिदिने ठोकुवा गरिसकेका छन् । प्रचण्ड नेतृत्वको माओवादीलाई पनि कमजोर पार्न सक्ने ओलीको निष्कर्ष रहेको बुझिएको छ । यसकारण पनि देउवा र ओलीबीच चुनाव छिटो गर्ने विषयमा मन मिलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved