Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2021
258 shares

जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला असोज ४-५ मा काभ्रे जिल्लाको धुलिखेल भिलेज रिसोर्टमा पार्टीको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला सम्पन्न भएको छ । केन्द्रीय उपाध्य तथा युवा विभाग संयोजक द्वारिका श्रेष्ठले “साथीसँग आफ्ना कुरा” नामक रोचक सृजनात्मक खेलद्वारा अइसब्रेक गराउँदै, एक मित्रले अर्कोको बारेमा केही मिनेटभित्रमा बुझेर एकअर्काको परिचय गराउने कार्यक्रमद्वारा भेला सुरु भएको थियो ।

महासचिव रोशन खतिवडाले भेला कार्यकमको उद्देश्यका बारेमा अभिमुखिकरण गराएको थियो । त्यसपछि, साँझको खानापछि प्रत्येक सहभागीले १० १५ मिनेट समय लिएर आफ्नो परिचय साथै पार्टीमा भूमिका र योगदान साथै अपेक्षा वा लक्ष्यका बारेमा बताउने कार्यक्रम रहेको थियो ।

दोस्रो दिनका सेसनहरूमा बिहानको समयमा पार्टी अध्यक्ष डा. बिपी खनालबाट “पार्टी के किन र कसरी” भन्ने शीर्षकमा पार्टीको परिकल्पना, लक्ष्य, कार्यक्रमका बारेमा प्रशिक्षण दिनुभयो भने महासचिव खतिवडाले शून्य समयमा “हामी र देश शीर्षक” मा देशको वर्तमान अवस्था र त्यसमा एक राजनीतिक दल र शक्तिको रूपमा कसरी योगदान र हस्तक्षेप गर्ने भन्ने बारेमा प्रस्तुति दिए ।

साथै उक्त सेसनमा पार्टीको राजनीतिक चरित्र वा कित्ताकाटका सन्दर्भमा व्यापक छलफल पार्टी अतिवादी सिद्धान्तमा नलाग्ने, तर सम्वर्धनवाद र सम्विधानवादको मर्मअनुसार नागरिक स्वतन्त्रता र सम्प्रभुता, उदारवादी लोकतन्त्रको पक्षमा दृढ भएर उभिने निर्णय गरियो ।

दिउँसोको समयमा राष्ट्रिय स्वयंसेवक अभियान, देशले सामना गरिरहेका ५ वटा समस्या, तिनको सम्बोधनका उपाय तथा स्वयंसेवा अभियानका बारेमा अभियान संयोजक तथा पार्टीका सहअध्यक्ष सुनिल महर्जनले प्रस्तुति दिए । लगत्तैपछि पार्टी प्रवक्ता विदुर अधिकारीले “वाद विचार विकास” शीर्षकमा निश्चित राजनीतिक वाद सिद्धान्तको महत्त्व, विकासका क्रममा मानवीय जीवन र स्वतन्त्रताको मूल्य विषयमा प्रस्तुति दिँदै, विकासका लागि व्यक्तिको जीवन र स्वतन्त्रताको बलिदानको इतिहासले न त विकास न त स्वतन्त्रता नै बचेको स्पष्ट पार्दै बहुलवाद र सम्वर्धनवाद नै उपयुक्त हुने दाबी गरेका थिए ।

उपाध्यक्ष द्वारिका श्रेष्ठले “राष्ट्र निर्माणमा ऐक्यपहल” (Synergy for Nation Building) शीर्षकमा अन्तरक्रिया तथा खेलको माध्यमद्वारा प्रस्तुति दिँदै सहकार्य र सफलताका लागि सूत्रहरू उद्घाटन गरेका थिए । पार्टीको केन्द्रीय समितिको अयोजना तथा सचिवालयको संयोजनमा सम्पन्न उक्त भेलाले पदाधिकारीहरूको आपसी परिचय र बुझाबुझ कार्यक्रमदेखि पार्टीको मार्गनिर्देशक सिद्धान्त, संगठन विस्तार र सशक्तिकरण, चुनावी रणनीति र तालमेल लगायत विषयमा समेत छलफल भएका थिए ।

उक्त भेलाले विभिन्न थप विभाग तथा जनवर्गीय संगठनहरूसमेत गठन गरेको छ । समग्रमा उक्त भेलाले समूह निर्माण, आपसी चिनजान र लयात्मकता तथा विचार दर्शनका बारेमा अझै स्पष्ट हुन सबैलाई सहायता र उत्साह मिलेको कुरा सहभागीहरूले बताएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved