Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओली अमेरिका र भारतसँग रुष्ट, चीनसँग खुशी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2021
60 shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारत र अमेरिका प्रति असन्तुष्टि पोखेका छन् । उनले पुराना घटना उल्लेख गर्दै भारतमाथि संविधान जारी गर्नबाट रोक्न खोजेको आरोप लगाएका छन् । अमेरिका अफगानिस्तानमा पराजित भएको विश्लेषण गर्दै भूराजनीतिक अवस्था र सम्भावनाबारे उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा भारतले २०७२ सालमा संविधान जारी गर्न रोक्न खोजेको उल्लेख छ । संविधान जारी गर्न लाग्दा १ असोज २०७२ मा भारतका तत्कालीन विदेश सचिव एस जयशंकर विशेष दूत बनेर आएको र संविधान जारी नगर्न धम्की दिएर गएको प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले जयशंकर भारतका विदेशमन्त्री छन् ।

अफगानिस्तानको घटनाबारे पनि ओली बोलेका छन् । उनले अमेरिका अफगानिस्तानबाट हट्नुलाई उसको पराजय भन्दै विश्लेषण गरेका छन् । राजनीतिक प्रतिवेदनमा अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको जस्तै पुनरावृत्ति भनेका छन् । यसलाई अमेरिकाको ठूलो असफलता र पराजय भनेका छन् । अफगानिस्तानको घटनाको बाछिटा दक्षिण एशियामा पर्न सक्ने सम्भावना पनि औल्याएका छन् ।

ओलीको प्रतिवेदनमा चीनसँग सम्बन्ध विस्तारमा जोड दिइएको छ । तर, भारतसँग सीमा समस्याको कुरा उठाइएको छ । उनले चीनसँग सीमा समस्याको कुनै विषय उल्लेख गरेका छैनन् । ओली आफैले चीनसँग कुनै सीमा समस्या नभएको भन्दै आफ्नो सरकारका पालामा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको बचाऊ विगतमै गरिसकेका छन् ।

राजनीतिक प्रतिवेदनमार्फत् ओलीले विदेश सम्बन्धमा चीनसँगको निकटता र सम्बन्ध विस्तारको सन्देश दिएका छन् । तर, भारतसँग उनको असन्तुष्टि प्रकट भएको छ । अमेरिका अफगानिस्तानमा पराजित भएको शब्द नै उल्लेख गरेका छन् । यसबाट उनी चीनसँग सन्तुष्ट देखिएका छन् । भारत र अमेरिकासँग असन्तुष्टि प्रकट गरेका छन् ।

आफ्नो नेतृत्वको सरकार ढल्नुमा पनि उनले भूराजनीतिक असर रहेको संकेत गरेका छन् । उनको संकेत अमेरिका र भारतप्रति छ । यी देशप्रति उनी पछिल्लो समय कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । विगतमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गराउन आफै सक्रिय देखिएका ओली पछिल्लो समय पछि हट्न खोजेका छन् । यसलाई उनको यु टर्न मानिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन कमिटी गठन गरेकोमा पनि ओलीले आपत्ती जनाएका थिए । उनले कसैलाई खुशी पार्न यसो गरिएको भनेका थिए । भारत र अमेरिकालाई खुशी पार्न देउवाले यो कदम चालेको ओलीको आशय थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved