Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

याेजनाबद्द तरिकाबाट घटाइएकाे संखुवासभा घटना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2021
372 shares

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो ।हत्या भएको पाँचौं दिनमा पक्राउ परेका हत्यारा भनिएका लोकबहादुर नातामा तेजबहादुरकै भतिजा थिए । उनी एक्लैले ६/६ जनाको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

तर, अहिले सो घटनामा उनी मात्र नभई थप चार जनाको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले अन्य अभियुक्तसमेतलाई सार्वजनिक गरेको छ । प्रहरीले ६/६ जनाको नृशंस हत्याका मुख्य योजनाकार लोकबहादुर नभई अर्कै व्यक्ति भएको र अघिल्लो दिन भएको योजना मुताबिक हत्या भएको खुलासा पनि गरेको छ । साथै, हत्या गर्नुको अर्को कारण उनको घरमा भएको नगद र अन्य सम्पत्ति भएको पनि बयान दिएका छन् । यद्यपि, हत्यापछि तेजबहादुरको घरको सम्पत्ति भने लुटिएको थिएन ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार घटनाको मुख्य योजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्की हुन् । ४७ वर्षीय खड्गबहादुरसहित उनका २८ वर्षीय छोरा हस्तबहादुर, लोकबहादुरका बाबु ४९ वर्षीय रणबहादुर र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सोमबार हत्या अभियुक्त भनेर सार्वजनिक गरेको हो ।

ती सबै जनाले तेजबहादुरको हत्या गर्नुपर्ने मुख्य कारण नै उनको हेपाहा प्रवृत्ति भएको बयान दिएका छन् ।प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त खड्गबहादुरलाई तेजबहादुरले जड्याहा भनेर गाली गर्थे । उनीहरूबीच बेलाबेलामा झगडासमेत पर्ने गरेको थियो । त्यसो त खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्थे ।

उनी मदिरा पिएको बेला घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट र गालीगलौजसमेत गर्थे । उनको यो व्यवहार देखेर तेजबहादुर सम्झाउँथे । ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली पनि गर्थे । जवाफमा खड्गबहादुर भने तेजबहादुरलाई ‘तँलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गर्थे ।

लोकबहादुरलाई भने तेजबहादुरले ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे । लोकबहादुरका भाइ नरेशलाई उनी ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गर्थे । यस्तै, लोकबहादुरका बाबु रणबहादुरलाई ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गर्थे ।

तेजबहादुरको यो भनाइ उनीहरू सबैको मनमा गढेको थियो । आफूहरूलाई होच्याएर बोल्ने, हेप्ने गरेकोमा उनीहरू भित्रभित्रै मुर्मुरिएका थिए । त्यसैले उनीहरू सबैको मनमा हेपाइको बदला लिने सोच पलाएको थियो । अर्को कुरा, अन्यको तुलनामा तेजबहादुरको आर्थिक स्थिति धेरै राम्रो थियो । खान पुग्ने जग्गा जमिन थियो । झापामा ८० लाख रुपैयाँभन्दा बढीमा जग्गा किन्ने तयारी गरिरहेका थिए । दुवै छोरा वैदेशिक रोजगारीमा थिए । यसले उनमा घमण्डको मात चढेको अन्यको बुझाइ थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved