नेताहरू का भाषणमा सुनेका थियौ । सँघियता आएपछि सिंह दरबारको शासन गाउँ गाउमा आउँछ रे हुम्ला , मुगु र दार्चुलाका जनताले सानो तिनो कामको लागि काठमाडौ आउनु पर्दैन । सबै काम प्रदेश र जिल्ला मै हुन्छ तर बिडम्बना सँघियता आउनु पुर्व जिल्ला स्थरमा हुने बिकास निर्माण का कार्य हेर्ने सबै कर्यालयहरु दार्चुला जिल्ला मै थिए । जब देश सँघियतामा गयो । धनगढी राजधानी भयो ।
त्यति हुना साथ जिल्ला स्थित सरकारी कार्यालयहरु क्रमश खानेपानी , पुर्बाधार विकास, शहरि बिकाश, महिला तथा बालबालिका बिकाश, भुसंरण, सहकारी लगायतका कार्यालयहरु जुरुक्क उठाएर बैतडीको सदरमुकाम गोठाला पानी पुगाई दियो । २०१९ सालमा पन्चायती ब्यवस्थाले जिल्ला छुट्याएर दार्चुला जिल्ला सहज पारेको दार्चुला बासि लाई फेरि बैतडी नै जान बाध्य पारिदिएको छ सँघियताले । त्यति मात्र होइन महामारीको रुपममा आएको नयाँ रोग कोरोना को परिक्षण गर्ने मेसिन समेत बैतडी मा नै राखिदियो ।

जस्को कारण माथिका कार्यालय हरु सँग सम्बन्धित काम गर्ने स्थानीय जनता उपभोक्ता समिती र निर्माण ब्यवसाइहरुले सँघियता आउनु पुर्व जिल्ला बाटै भै रहेका कामहरु गराउन बैतडी जानुपर्ने बाध्यता आयो । १४५ किलोमीटर लामो कठिन पहाडी बाटोको जोखिम युक्त यात्रा गर्नु दार्चुला बासीलाई सँघिय शासन ब्यवथाले दिएको उपहार हो ।
त्यति मात्र कहाँ हुनु दार्चुला बाट बैतडी पुगेपछि गोठाला पानी बैतडीका कार्यालयहरुका हाकिम साहेवहरुका बोली ब्यवहार काममा हुने ढिलासुस्ती, यो पुगेन त्यो पुगेन भनी थर्काइने र तर्साइने तितो, पिरो र चुकिलो बैतडे भाषा र शब्द, टेबुल मुनि बाट हुने टिप्स झन चुकिलो परिक्षण गर्ने मेसिन पनि बैतडी मा नै राखिदिएको कारण कोरोना पिडित दुखि विरामी हरूलाई समेत सताउन बाकी राखेन सँघियताले दार्चुला बासिलाइ ।
दार्चुला बाट जननिर्वाचित सँघ र प्रदेश का माननीय र कतिपय हाल मन्त्री पदमा रहेका र मन्त्री भै सकेका नेताहरुले समेत मैले दार्चुलाको लागि यतिकाम गरे उति काम गरे । मलाइ जस दिएन । अर्कैले जस लिइरहेको छ । कार्यकर्ताहरुले प्रचार गर्न सकेनन जस्ता दुखेसो युक्त अभिव्यक्तिहरु दिइरहेको सुनेपछि सन्चार माध्यममा दुखेसो पोखिरहेको देख्दा टिठ लागेर आउँछ ।

गितामा लेखेको कर्म गर फलको आस नगर भन्ने उक्ति किन सम्झिन नसकेका होलान् राम्रो गरेको कामको गुणगान गाइदे भनेर कसैलाइ भन्नै पर्दैन । राम्रो गरेको कामको त जनता तथा लाभ ग्राहीले स्वत गुणगान गाइहाल्छननी त्यो त स्वार्थी, मतलवी र लोभिको सुचक भएन र ? दार्चुला जिल्लाका जनताले जिताएर केन्द्र र प्रदेशमा प्रतिनिधित्व गरिरहेका नेतागणहरुमा आम दार्चुला बासी को आग्रह तपाईहरु चुनाव जितेर गएपछि बैतडी पुगाएका कार्यालयहरु दार्चुला फिर्ता ल्याउनुहोस ।

परिक्षण गर्ने मेसिन जिल्ला अस्पतालमा स्थापना गराउनुहोस । सान्सद बिकास कोषको नाममा राज्यकोषबाट बाट करोडौं बजेट ल्याएर त्यसको ठेकेदार बनेर दुरुपयोग गर्न बन्द गर्नुस र जिल्ला भित्र सन्चालन भै रहेका बिकासका आयोजनाहरुको निरीक्षण अनुगमन गरि गुणस्तरीय बिकास का सँरचनाहरू निर्माण गराउनुहोस । अनि तपाइले गरेका काम देखेनन भनी गुनासो गर्नै पर्दैन । तपाइहरुलाइ एकपटक होइन पटकपटक जिताइ राख्नेछन दार्चुला बासी जनताले ढुक्क हुनुहोस ।

