Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वप्रकाशको प्रस्ताव : राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2021
[webverse_shares]

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता विश्वप्रकाश शर्माले राष्ट्रपतिमा एक पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाइने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतबार गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा २ पटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरेका हुन् ।

वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।

आइतबार कार्यक्रममा उनले भने ‘यसो गरेमा राजनीतिमा उमेर हद तोक्दै पर्दैन ।’ यो व्यवस्था अनुशरण गरेमा शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली निर्माण हुने भन्दै शर्माले रचनात्मक प्रणाली हासिल हुने बताएका छन् ।

नेता शर्माले राजनीतिकर्मी स्वाबलम्बी बन्नुपर्ने र स्वच्छताको सन्देश दिनुपर्ने बताए । हरेक तहको राजनीतिक नेतृत्व र सदस्य आर्थिक रुपले आत्मनिर्भर बन्ने र प्रेरणादायी बन्नुपर्ने भन्दै उनले तीन दिन पार्टीको काम गर्ने र चार दिन रोटीका लागि काम गर्ने नारा दिएका छन् ।

शर्माले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमा परिवर्तन गर्नुपर्ने बेला भएको बताए । ‘हाम्रो राजनीतिको छविप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सूत्रवद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं’ उनले भनेका छन् ।

शर्माले संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने र विमति राख्नेले पनि संविधानसभाको सम्मान गर्नुपर्ने बताएका छन् । भिन्न दर्शन, भिन्न दल, भिन्न नेतृत्वको आपसमा थुप्रै फरक मत राखेर संविधान निर्माण गरेको भन्दै शर्माले भनेका छन् ‘जो जसले संविधान निर्माणमा सहकार्य गर्‍यौं, तिनैले यसको स्वामित्व नलिने र यसप्रतिको फरकमतलाई मुद्दा बनाउने हो भने त्यो जिम्मेवार राजनीतिको परिचय हुन सक्दैन ।’

हेर्नुहोस् शर्माको प्रस्तावको पूर्णपाठ :

onlinekhabar बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved