Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राज्यले नगरेको काम मिल्सबेरीले गरेको छ – ऋषि धमला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2021
93 shares

काठमाडौं। रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि अग्रपँक्तिमा रहेर काम गरेकाहरुलाई मिल्सबेरी स्कुलले गरेको अभिनन्दनको स्वागत गरेका छन् । उनले राज्यले गर्नुपर्ने काम मिल्सबेरीले गरेको भन्दै सम्मान व्यक्त गरे ।

आज राजधानीमा आयोजित ‘मिल्सबेरी महोत्सव–२०७८’ लाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले विद्यालयका अध्यक्ष सुशिल दाहालको नाम लिएर राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे । उनले भने,‘फ्रन्टलाईनमा काम गर्नेलाई सलाम छ । सञ्चारकर्मीहरु पनि कोरोना महामारीमा पीडामा थिए । संक्रमण मलाई पनि भयो । मैले कुनैपनि दिन कार्यक्रम रोकिनँ । जनता जान्न चाहन्छन् र नेपाली बहस कार्यक्रम प्रत्येक दिन होम–आईसोलेशनमा बस्दा लाईभ गरें । धेरैले मलाई तपाईँलाई कोभिड नै भएको हो त ? पनि भनेर सोध्नुभयो, मैले हो भनें । तर, आत्मविश्वासका साथ मैले काम गरें । कोभिडविरुद्ध खटिने योद्धाहरुलाई मिल्सबेरीले सम्मान गरेको छ। राज्यले गर्ने काम तपाईँहरुले गर्नुभयो । म धन्यवाद भन्न चाहन्छु ।’

 

धमलाले राम्रो काम गर्नेहरुलाई सबैले साथ दिने र पछ्याईरहने भन्दै मिल्सबेरीले गरेको कामबाट अरुले प्रेरण लिने विश्वास दिलाए । उनले आफू आवद्ध मिडियामार्फत मिल्सबेरीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको सुनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले कोभिड महामारी नियन्त्रणमा चनाखो भएर काम गर्नुपर्नेमा जोड दिए । उनले यसअघि के कति काम गर्न सकियो ? त्यो भविष्यमा समिक्षाको विषय होला भन्दै आगामी दिनमा पनि सरकार चनाखो भएर बस्नुपर्ने बताए । उनले भने,‘कोभिडको बारेमा हामीले मुलुकलाई जोखिमबाट बचायौं । के गर्यौं, के गरेनौं त्यो भोलि समिक्षा होला, तर अझै हामीले होशियारीपूर्वक काम गर्नुपर्छ ।’ उनले मिल्सबेरीले ‘मिल्सबेरी महोत्सवको अवसरमा कोभिडविरुद्ध फ्रन्टलाईनमा रहेर काम गरेकाहरुलाई गरेको अभिनन्दनको खुलेर प्रशंसा गरे । उनले भने,‘यो खुशीको कुरा हो, फ्रन्टलाईनमा बसेर काम गर्नेहरुलाई अभिनन्दन गर्दा उहाँहरुको सम्मान भएको छ ।’ reportersnepal

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved