Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पर्साको अमरपटी नाकाबाट दैनिक करोडौको राजस्व छलि, स्थानीय प्रहरी रकममा लिप्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2021
1.1K

मेवालाल यादव,

पर्सा नेपालमा सबै भन्दा बढी राजस्व उठने नाकाको रुपमा मानिएको वीरगंजबाट दैनिक राजस्वमा कमी आउनु पनि प्रहरीकै कारण रहेको बारे उजागर भएको छ । पर्सा जिल्लाको अमरपटी नाकाबाट दैनिक करोडौ बराबरको लताकपडा अवैध तरिकाले नेपाल भित्रिएपनि स्थानीय प्रहरी प्रशासन मात्र रकममा लिप्त रहेका हुन ।

बिगत एक महिना अगाडी प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले तस्करीको लाइन नै सुचारु गरेको पाइन्छ । पर्सा जिल्लाको कारागारमा दरबन्दी रहेको प्रहरी सहायक निरीक्षक केही महिना अघि प्रहरी चौकी मिलनचौकमा कार्यरत रहेका थिए । प्रहरी सहायक निरीक्षक सिंह मिलनचौकमा हुदा काठ तस्कर संग समन्वय गरी काठ तस्करीबाट रकम उठाउन पल्केका थिए । प्रहरी सहायक निरीक्षक युवा भएकै कारण जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका प्रमुखले उनलाई तानेर क्राइम टोली शाखामै राखेका थिए । तर क्राइम टोली बिभाजन हुने संघारमा पुगेपछि प्रहरी चौकी अमरपटीको जिम्मा सिंहलाई दिइयो ।

यता प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेको एक महिना नबितिदै आफु क्राइम टोलीबाट आएको भन्दै उक्त नाकाबाट ठूला वडा तस्करीको लाइन सुचारु गरेको छर्लङ भएको छ । भाद्र २१ गते जिल्लाका नामुद तस्कर रामेश्वर भनिनेलाई प्रहरी चौकीमा बोलाई मासिक ४ लाख रुपैया बुझे पश्चात कपडा तस्करको लाइन सुचारु भएको प्रहरी श्रोतले जनाएको छ । जिल्लाकै सबै भन्दा ठुलो तस्करको रुपमा चिनिने रामेश्वरले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम बुझाए पश्चात टेम्पुको माध्यमले कपडा भित्रयाउने गरेको र जगरनाथपुर चौक नजिकै ट्रकमा लोड गर्ने गरेको श्रोतको दावी रहेको छ ।

उहाले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले एक जना पत्रकारको इशारामा लाइन सुचारु गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले अमरपटी नाकामा व्यापक कडाई गर्न निर्देशन दिएपनि प्रहरी सहायक निरीक्षक सिंह साझको समयमा मदिरामा धुत हुने गरेको र मालसमान कटाउन निर्देशन समेत दिने गरेको बताए । त्यति मात्र नभई टेम्पूमा मालसमान कटाउनु अघि आफै स्कटीङमा समेत हिडने गरेको, उनले बताए ।

प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहको वीरगंज कारागारमा दरबन्दि रहेपनि क्राइमको नामले प्रहरी चौकी अमरपटीको कमाण्डर बन्न सफल भएका छन । क्राइमको नाम भजाउदै कर्मचारीदेखी स्थानीयलाई समेत पिडा दिदै आएको श्रोतको दावी रहेको छ । यस बिषयमा समयमै सम्बन्धीत निकायले ध्यान नपुरयाए अगामी दिनमा प्रहरी संगठन माथि सर्वसधारण विश्वास उठने संकेत देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved