Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गणेशमान सिंहको २५औँ स्मृति दिवस आज ( भिडियाे सहित )

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2021
117 shares

काठमाडौं। प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व मानिन्छन् ।

आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उनले त्यसलाई अस्वीकार गरेका थिए । उनको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’ नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनी नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाएका थिए ।

इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उनको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उनको उचाइ छ ।’’

विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भए । प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो ।गणेशमानसँगै जेलमा बसेका हरिकृष्ण श्रेष्ठले भनेका छन्, ‘‘एक दिन नरशमशेर आएर गणेशमानलाई निच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो ।

गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नरशमशेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो । अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छुु ।’ गणेशमानको जवाफ सुनेपछि नरशमशेर रातो मुख लगाएर हिँडेका थिए ।’’

गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भन्नुहुन्छ, ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानुु परेन होला, उनीसँगै जेलमा परेका चार जनालाई वि।सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’ जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved