Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2021
812

काठमाडौं – असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना राज्यमन्त्री थपे । अहिले २५ वटा मन्त्रालय यिनै ६ जनाले चलाइरहेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न पटक पटक बैठकहरु नबसेको होइन । तर हालसम्म टुंगो लागेको छैन ।

बिहीबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्यो । बैठकमा मन्त्रालयका विषयमा सहमति जुट्न सकेन । लामो प्रयास गर्दा पनि शीर्ष नेताले मन्त्रालयको बाँडफाँड टुंग्याउन नसकेपछि सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको जिम्मा लगाइएको छ । ‘मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने कार्यदललाई नै दिएका छौं,’ बैठकमा सहभागी एक शीर्ष नेताले भने ।

यसअघि कार्यदलले मन्त्रालयको बाँडफाँड तथा मन्त्री टुंग्याउने जिम्मा शीर्ष नेतालाई नै दिएको थियो । तर शीर्ष नेताहरु कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले टुंगो लगाउन नसकेपछि फेरि यसको जिम्मेवारी कार्यदलमा नै फर्केर आइपुगेको छ ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा मीनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन् । अब यो कार्यदलले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउनेछ ।

किन ढिलाई?
कांग्रेस नेता प्रदीप पौडेल गठबन्धनका दलहरुबीच समझदारी हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताउँछन् । ‘कांग्रेसभन्दा गठबन्धनका आबद्ध दलहरुका बीचमा समझदारी हुन नसकेको, दलहरुले आपसमै मन्त्रीको चयन गर्न नसकेको, दलसम्बन्धी अध्यादेश निष्क्रिय हुन नसकेको अवस्था हो,’ उनले भने, ‘मुख्यगरी कांग्रेसभन्दा सरकारमा आबद्ध दलहरुको समस्याका कारण ढिलाई भएको हो ।’ तत्काल मन्त्रिपरिषदले पूर्णता पाउनुपर्ने पौडेलको जोड छ ।

माओवादी केन्द्रका नेता चन्द्रपाणी खनाल दलहरुबीच सहमति नभएकैले विस्तार हुन नसकेको बताउँछन् । ‘छलफल चलिरहेको छ । दलहरुको बीचमा सहमति हुनुपर्‍यो । केही अफ्ठ्याराहरुको समाधान गरौं भनेर ढिलाई भएको हो,’ उनले भने । अलिकति भागवण्डामा पनि समस्या देखिएको उनको स्विकारोक्ति छ । तर छिटोभन्दा छिटो विस्तार गर्नेगरी छलफल भइरहेको उनले बताए । ‘दलहरुको पार्टीभित्रको आन्तरिक समस्या हो । अन्य केही कारणले गर्दा पनि रोकियो । अब छिट्टै एकाध दिनभित्र हुन्छ,’ उनले भने ।

खनालले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा माओवादी केन्द्रभित्र समस्या नभएको दाबी गरे । कांग्रेसभित्र पनि समस्या नभएको तर माधव नेपाल र उपेन्द्र यादवको पार्टीभित्र समस्या देखिँदा ढिलाई भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved