Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिना मगर सञ्‍चार मन्त्री बन्ने पक्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2021
216 shares

काठमाडौं । माओबादी केन्द्रवाट बिना मगर सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बन्ने पक्का भएको छ। उनलाई मन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिए।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित नै छ । सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सतारुढ गठबन्धनको छ ।

यसबीच भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको चासो छ । करिब एक वर्षका लागि सरकार संचालन गर्ने समय भएकाले मन्त्रालय प्रभावकारी रुपमा चलाउन सक्ने व्यक्ति पठाउनुपर्ने दबाब नेताहरुलाई छ ।

पार्टी अध्यक्ष माधव नेपाल अझन् दबाबमा छन् । मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।

माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने सम्भावना छ । तर, नेकपा एसकै एक नेता न्यौपाने र भुसालको नेतृत्वमा नभइ तेस्रो व्यक्तिको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको बताउँछन् ।

भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेकाले उनले पार्टी संचालनको जिम्मेवारी पाउने र न्यौपानेको यसअघिको पर्फमेन्स राम्रो नभएकाले दुवैजना सरकारमा नजाने उनको भनाइ छ ।

‘बेदुरामले पार्टी चलाउने भनेपछि सरकारमा जाने कुरा भएन,’ ती नेताले भने, ‘मुकुन्द पनि हुनुहुन्छ । तर, उहाँहरु दुवैजना नजाने सम्भावना छ ।’ मुकुन्द न्यौपाने २०५६ तिर उद्योगमन्त्री बनेका थिए । त्यतिबेला उनको प्रस्तुति सन्तोषजनक थिएन । त्यहीं कारण न्यौपानेको सम्भावना कम रहेको बताइन्छ ।

‘मुकुन्द्र कमरेडको राम्रो पर्फमेन्स नै भएन,’ ती नेताले भने, ‘उहाँको नेतृत्वमा जाँदा उपप्रधानमन्त्रीसहित जानुपर्यो । अहिले उपप्रधानमन्त्री नबाउने जस्तो पनि छ । अनि राम्रो मन्त्रालय पनि हुनुपर्यो । त्यसकारण उहाँको सम्भावना छैन ।’

उसो भए तेस्रो व्यक्ति को हो ? जसले सरकारमा जानेहरुको नेतृत्व गर्नेछ ? न्यौपाने र भुसाल नजाने भएपछि सांसदहरुमध्ये विरोध खतिवडा वरिष्ठ हुन् ।

यद्यपी मुकुन्द न्यौपानेबाहेक बेदुराम र विरोध पार्टीमा सिनियर भए पनि यसअघि मन्त्री नभएका कारण सरकारको वरियतामा उनीहरुभन्दा प्रेम आले अगाडि आउछन् । एकपटक मन्त्री भइसकेका कारण बरियताक्रममा उनको नाम पहिले आउँछ ।

नेकपा एसबाट प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, भवानी खापुङ लगायत मन्त्री हुने सम्भावना छ ।

स्रोतका अनुसार बेदुराम भुसाल उपप्रधानमन्त्री बन्ने पक्का छ। माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्ने चाहना राखेका थिए। तर उनलाई पछि पार्दै भुसाल उपप्रधानमन्त्री बन्ने पक्का भएको छ।

माओबादीले श्रेष्ठलाई सरकारमा सहभागी नगराउने भएपछि उनी प्रचण्डसंग रुष्ट छन्। उनलाई पार्टीको प्रवक्तावाट समेत हटाइ सकेका छन्। कृष्णबहादुर महरा प्रवक्ता बनिसकेका छन्।

स्रोतका अनुसार बिना मगर सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बन्ने पक्का भएको छ। उनलाई मन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved