काठमाडौं
पार्टीका अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारमा आफू सहभागी नहुने घोषणा गरेका छन् । उनले आफू सरकारमा नजाने घोषणा गरेपछि जसपा फुट्नबाट बालबाल बचेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ ।दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।पछिल्लोपटक अध्यादेश समस्याका रूपमा प्रस्तुत भएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश खारेज भएपछि सरकारमा सहभागिता जनाउने नीति लिएको छ ।
तर, सरकारलाई समर्थन गरेको अर्को दल नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादीले भने प्रधानमन्त्रीसामु अध्यादेश खारेज नगर्न अनुरोध गरेको छ । सरकारलाई समर्थन गरेका दुई दलका फरक मतका कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै समस्या उत्पन्न भएको हो ।
गठबन्धनका नेताहरुले उपेन्द्र यादवलाई अहिले हामी थपेर मन्त्रिपरिषद् विस्तार गर्छौ भन्दा पनि मानेनन् ।उनले दल फुट्ने डरले आफू त सरकारमा सहभागी भएनन् भएनन् प्रधानमन्त्री देउवालाई गर्न पनि दिइरहेका छैनन् ।
