Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोरोना बीमाका नाममा ‘ठगी’ : हालसम्म डेढ लाखभन्दा धेरै बीमितले पाएनन् भुक्तानी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 16, 2021
406

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारण जनतालाई सास्ती दिएका छन् । कोरोना संक्रमण पुष्टि भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले ल्याएको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरुले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् ।

 

शुरु शुरुमा केही बीमितहरुलाई भुक्तानी दिए पनि गत फागुनदेखि बीमा कम्पनीहरुले भुक्तानी दिनै छोडेका छन् । बीमा समितिका अनुसार हालसम्म डेढ लाखभन्दा धेरै जनाले कोरोना बीमावापतको भुक्तानी पाउँ भनेर दाबी पेश गरेका छन् । तीमध्ये एक तिहाइको पनि भुक्तानी भएको छैन । कोरोना बीमा गरेका निर्जीवन बीमा कम्पनीहरुले सरकारले रकम नदिएसम्म भुक्तानी नगर्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बिमक संघले बीमा समितिलाई पत्र पठाएर अहिले बीमितहरुलाई भुक्तानी गर्न सकिने अवस्था नरहेको बताएको छ ।

 

संघका अध्यक्ष दीपप्रकाश पाण्डे सीईओ रहेको शिखर इन्स्योरेन्सले नै ठूलो परिमाणमा भुक्तानी दिन बाँकी छ । कोरोना बीमा गरेकाहरुले १३ अर्ब रुपैयाँको दाबी पेश गरेका थिए । यीमध्ये ५० हजार हाराहारीले मात्र भुक्तानी पाएको बीमा समितिले जनाएको छ । यसमा बीमा कम्पनीहरुले एक रुपैयाँ पनि आफ्नो रकम लगानी गरेका छैनन् । ५० हजार हाराहारीलाई भुक्तानी भएको करिब ३ अर्ब रुपैयाँमध्ये २ अर्ब सर्वसाधारणबाटै उठाएको रकम हो भने १ अर्ब बीमा समितिले दिएको हो । २० वटा निर्जीवन बीमा कम्पनीले ‘पुल’ माध्यमबाट एक लाख र ५० हजार रुपैयाँको कोरोना बीमा गरेका थिए ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्णय कार्यान्वयन भएन बीमाको सामान्य सिद्धान्त अनुसार युद्ध र महामारीको बीमा हुँदैन । तर, नेपालका बीमा कम्पनीहरु निकै हौसिएर कोरोना बीमा पोलिसी बिक्री गर्न थालेका थिए । उनीहरुले नेपालमा धेरैलाई कोरोना नलाग्ने र बीमा शुल्क उठाएर निकै कमाउन सकिने ठानेर हौसिएका थिए । तर, उनीहरुको अनुमानले फेल खायो । कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि बीमा कम्पनीहरुले पोलिसी नै बन्द गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा समिति र बीमा कम्पनीहरु बोलाएर पोलिसी बन्द नगर्न भन्दै बीमा दाबी भुक्तानीमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

त्यसबेला सर्वसाधारणबाट उठाएको रकमसम्म बीमा कम्पनीले, त्यसमा अपुग १ अर्बसम्म बीमा समितिले र बाँकी अपुग रकम सरकारले दिने सहमति भएको थियो । सर्वसाधारणबाट उठाएको ३ अर्ब रकम बीमा कम्पनीहरुले भुक्तानी दिएका पनि छन् । यसमा थप एक अर्ब बीमा समितिले दिएको छ । अरु रकम सरकारले नदिएको भन्दै बीमा कम्पनीहरुले भुक्तानी रोकेका छन् । तत्कालीन अर्थमन्त्री पौडेलले ७ दिनभित्रै भुक्तानी दिने निर्णय गरेका थिए, जुन कार्यान्वयन भएन । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीहरुले बीमा गरेको रकम उनीहरुकै जिम्मेवारी हो भन्दै भुक्तानी रोकिदिएका छन् ।

आइतबार पनि शर्माले यस्तो भुक्तानी सरकारले दिन नसकिने बताए। अघिल्लो सरकारको निर्णय कार्यान्वयन नगरेका अर्थमन्त्री शर्माले बीमा कम्पनीहरुलाई नयाँ निर्देशन समेत दिएका छैनन् । बीमा समितिले भने बीमा गरिसकेपछि भुक्तानी दिनैपर्ने निर्देशन दिएको जनाएको छ । बीमा कम्पनीहरुले ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सक्ने व्यवस्था गरेका थिए ।

सामूहिक बीमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० रुपैयाँ तिरेर १ लाख रुपैयाँको बीमा गर्न सकिने व्यवस्था गरेका थिए । शुरुमा कोरोना पोजिटिभ भएपछि बीमाबापतको पूरै रकम दिने गरिएकोमा पछि पोजिटिभ आए २५ प्रतिशत र बाँकी ७५ प्रतिशतसम्म रकम होटल आइसोलेसन वा अस्पताल बसेको बिल भर्पाइ पेश गरेपछि मात्र दिने व्यवस्था गरिएको थियो ।

‘जनतालाई ठग्ने काम गर्नु भएन’ बीमा विज्ञ घिमिरे बीमा विज्ञ डा. रवीन्द्र घिमिरेले कोरोना बीमा पोलिसी ल्याउनु नै गलत भएको बताउँछन् । र पनि, बीमा गर्छु भनेर जनताबाट पैसा उठाइसकेपछि भुक्तानी रोक्न नमिल्ने घिमिरेले बताए । जनताबाट प्रिमियम लिएर भुक्तानी नदिए सिधै ठगी हुने उनको भनाइ छ । ‘पोलिसी ल्याइसकेपछि सर्वसाधारणले त किन्ने नै भए,’ उनी भन्छन्, ‘बीमा गर्छु भनेर पैसा लिएपछि पेश भएको दाबीको भुक्तानी पनि दिनु पर्‍यो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved